पाथिभरा गोल्डकप आजदेखि, कञ्चनजंघा स्पोर्टिङ र रेडहर्स क्लव भिड्दै

पाथिभरा गोल्डकप आजदेखि, कञ्चनजंघा स्पोर्टिङ र रेडहर्स क्लव भिड्दै

ताप्लेजुङ । हिमाली जिल्लामा हुने फुटबल प्रतियोगितामध्ये सबैभन्दा प्रतिष्ठित प्रतियोगिता तेस्रो पाथिभरा गोल्डकप आजदेखी ताप्लेजुङमा सुरु हुँदैछ । सदरमुकाम फुङलिङस्थित भानु माविको खेलमैदानमा दिउँसो हुने उद्घाटनमा खेलमा कञ्चनजंघा स्पोर्टिङ क्लव ताप्लेजुङ र रेडहर्स क्लव इलाम भिड्दैछन् ।

गोल्डकपको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजक लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष मोती पतंवाले जानकारी दिए । मैदान सम्याउने, बाँसको अस्थायी प्याराफिट बनाउने र स्टेज बनाउने लगायतका सम्पूर्ण तयारि पुरा भएको छ । बाँसको प्याराफिटमा कम्तिमा ८ हजार दर्शक अटाउने आयोजकले जनाएको छ । मैदानको पश्चिमी, दक्षिण र पूर्वि भागमा अस्थायी प्याराफिट बनाइएको छ ।

प्रतियोगिताको दोस्रो दिन शनिबार फिदिम स्पोर्टिङ क्लव पाँचथर र कर्णसिंह स्पार्टिङ क्लव ताप्लेजुङ, आइतबार पहिलो खेलको विजेता र रेड स्टार क्लव झापाबिच खेल हुने आयोजक समितिका सहसचिव भूपेन्द्र गुरुङले जानकारी दिए ।

भदौ ११ गते दोस्रो खेलको विजेता र न्यूस्टार क्लव झापा, भदौ १२ गते यूनाईटेड खर्साङ फूटबल क्लव दार्जेलिङ र राष्ट्रिय जागृति सुनसरी भिड्नेछन् । गुरुङका अनुसार पहिलो चरणको अन्तिम खेलमा भदौ १३ गते डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज् काठमाडौ र एम्ब्रोज क्लव मोरङ आमनेसामने हुनेछन् । दोस्रो चरणको खेल १४ गतेदेखि र फाइनल १६ गते हुने आयोजक समितिका अध्यक्ष पतंवाले जानकारी दिए ।

विजेताले २ तोला सुन र ५ किलो चाँदी जडित रनिङ कपसहित २ लाख ५१ हजार नगद र उपविजेताले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

लाखेजात्राको अवसरमा २०२९ सालदेखि प्रत्येक वर्ष खेल हुँदै आएपनि २०७४ सालदेखि नाम परिवर्तन गरेर पाथीभरा गोल्डकप बनाइएको हो । फुटबलको माध्यमबाट पाथिभराको प्रचारप्रसार गरि जिल्लामा खेल पर्यटनको विकास गर्ने उद्देश्यले खेल आयोजना गरिएको आयोजकले जनाएको छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )