संयुक्त व्यवसायिक प्यानलको अपील

बिर्तामोड उद्योग वाणिज्य संघको साउन २२ गते हुने निर्वाचनका लागि

संयुक्त व्यवसायिक प्यानलद्वारा जारी गरिएको प्रतिवद्धता पत्र

झापा उद्योग वाणिज्य संघ बिर्तामोड शाखा २०३८ सालमा स्थापना भएको हो । बिर्तामोड नगरपालिकाकोरुपमा विकसित भएपछि हाल नगरस्तरीय उद्योग वाणिज्य संघमा यसको रुपान्तरण भएको छ । नगरस्तरीय संघको रुपान्तरण भएपछि हामी पहिलो पटक निर्वाचनमार्फत नयाँ नेतृत्व चयनको दौरानमा छौं ।

भरखरै सहरीकरण हुँदै गर्दा यहाँका व्यवसायीहरुको हक अधिकारको पहलकदमी गर्न उद्योग वाणिज्य संघको शाखा गठन गरिएको थियो । आज बिर्तामोड नगर क्षेत्रमा करिब पाँच हजारवटा व्यवसायिक फर्महरु सञ्चालनमा रहेको तथ्याङ्क छ ।

तीमध्ये २४४३ वटा फर्मले बिर्तामोड उद्योग वाणिज्य संघको सदस्यता प्राप्त गरेका छन् । यी सबै ब्यापारी व्यवसायीको नेतृत्व प्रदान गर्न र यहाँका व्यवसायीले विगतदेखि नै भोग्दै आएका अनेकन समस्याहरुलाई किनारा लगाउन संयुक्त व्यवसायिक प्यानल बनाएर हामी चुनावी मैदानमा होमिएका छौं ।

सुरक्षित व्यवसायमार्फत् समृद्ध नेपाल निर्माण गर्न ‘व्यवसायीको संस्था, व्यवसायीकै नीति, व्यवसायीकै नेतृत्व’ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै बिर्तामोडमा लामो समयदेखि व्यवसाय गर्दै आएका व्यावसायीहरु उन्नति र प्रगतिसँगै समयानुकूल प्रतिष्पर्धात्मक रुपमा अगाडि आउन जरुरी छ । त्यसका लागि उद्योग वाणिज्य संघजस्ता संस्थाहरुको सही भूमिकाको खोजी हुन थालेको छ ।

विगतका दिनहरुमा भए गरेका कतिपय कामहरुले संस्थाको मूल नीति र गरीमालाई सम्बोधन गर्न नसकेको यथार्थ हाम्रासामु छर्लङ्ग छन् । यसर्थ ‘जस्तो लगानी उस्तै प्रतिफल’ भनेजस्तै आसन्न निर्वाचनलाई संस्थाको सर्वाङ्गीण विकासका निमित्त एक ऐतिहासिक अवसरकारुपमा तपाईं मतदाताहरुले आत्मसाथ गर्नुहुनेछ भन्ने विश्वाससहित निम्न प्रतिवद्धताहरु सार्वजनिक गर्दछौं ।

‘जस्तो लगानी उस्तै प्रतिफल’ भनेजस्तै आसन्न निर्वाचनलाई संस्थाको सर्वाङ्गीण विकासका निमित्त एक ऐतिहासिक अवसरकारुपमा तपाईं मतदाताहरुले आत्मसाथ गर्नुहुनेछ

हाम्रा प्रतिवद्धताहरुः

१. ब्यवसायीको आर्थिक रुपान्तरण, प्रवद्र्धन र सुुुरक्षाको प्रत्याभूति दिलाइनेछ ।
२. भारतको सीमावर्ती बजार पानीट्याङ्कीतर्फ नेपाली उपभोक्ताहरुको आकर्षण बढिरहेको तर बिर्तामोड र आसपासका व्यापारीहरुको व्यवसाय चोपट्ट बन्दै गएकोले स्थानीय सरकारसँग समन्वय गरी ग्राहकलाई यहीँ उपभोग्य बस्तुहरु उपलब्ध गराउन पहल गरिने ।
३. सामाजिक सद्भाव र ब्यवसायिक एकताको लागि ब्यवसायी कै नीति र नेतृत्व हाम्रो अभियान,
४. शान्त र सुुरक्षा मैत्री ब्यवसायिक वातावरण तयार पारी बन्द, हड्ताल, चन्दा–चिठ्ठा आतंक मुक्त शहरको घोषणा,
५. स्वच्छ खानेपानी, ढल निकास, फोहोर ब्यवस्थापन, सडक बत्ती, ग्रीनवेल्ट (बृक्षारोपण) र सरसफाइका लागि नगरपालिकासँग समन्वय गरी काम सञ्चालन गरिने,
६. ब्यवसायीलाई कर मैत्री बनाई मिसम्याच, पान नम्बर नवीकरण र वितरणको लागि हेल्प डेस्क र सूचना केन्द्रको ब्यवस्था गरिने,
७. घर बहाल सम्बन्धी नीति निर्देशिका तयार गर्नका लागि पहल गर्ने,
८. बिर्तामोडलाई औद्योगिक ब्यावसायिक करिडर बनाउनका लागि पहल गर्ने,
९. अतिथि सदनको स्तरोन्नति गरी आधुनिक ढंगबाट ब्यवस्थित रुपमा सञ्चालन गर्ने,
१०. शिक्षा, स्वास्थ्य, पर्यटन, वातावरण र ब्यापारको प्रविधिमैत्री नमूना शहरको रुपमा विकसित गराउन पहल गर्ने,
११. यस नगरभित्र भएका सम्पूर्ण देशभक्त, प्रगतिशिल, स्वतन्त्र, स्वाभिमानी उघमी र स्थानीय पेशागत संघ–संस्था र वित्तीय क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्ने,
१२. बिर्तामोडलाई अन्तर्राष्ट्रिय ब्यापार ब्यवसायको केन्द्रको रुपमा विकास गरी व्यापारीहरुको पलायनलाई रोक्न पहल गर्ने,
१३. व्यवसायमा हात हाल्ने मनस्थितिमा रहेकाहरुलाई कुन क्षेत्रमा प्रवेश गरेमा सफल भइन्छ भन्ने विषयमा परामर्श सेवा सञ्चालन गर्ने ।
१४. कर राजश्व कार्यालयलगायतले बेलाबेलामा गर्ने चेक जाँच, निरीक्षण, अनुगमनका समयमा व्यसायिक प्रतिनिधि तथा जनप्रतिनिधिसमेतको उपस्थितिमा मात्र गर्ने गराउने व्यवस्था मिलाउने ।
१५. भन्सार राजश्व तिरेर वैधानिकरुपमा नेपाल भित्राइएका बिक्रीयोग्य सामग्रीहरुको आयातमा आउने रोकावट हुन नदिन पहल गर्ने ।
१६. दोहोरो कर प्रणालीको विषयमा मुक्त गराउन आवश्यक पहल गर्ने ।
१७. बिर्तामोडका बासिन्दाहरुको आवश्यकतालाई सम्बोधन गर्दै बिर्तामोड नगरपालिकासँगको सहकार्यमा नगर बस र रात्रीकालिन पसल सञ्चालन तथा रात्री गस्ती (चौकीदार) को व्यवस्थापन गर्ने ।
१८. फुटपाथमा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई स्थानीय सरकारसँगको समन्वयमा व्यवस्थापन गरिने र वैकल्पिक स्थानको उचित प्रबन्ध गरी व्यवसाय सञ्चालन गर्न सहयोग गरिनेछ ।
१९. हाल देखिएको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्न पहल गरिनेछ ।
२०. कृषिजन्य उत्पादनको निर्यात प्रवद्र्धनको लागि भन्सार कार्यालयसँग समन्वय गरिनेछ ।
२१. व्यवसायिक बीमाको लागि पहल गरिनेछ ।
२२.नगरपालिकासँग समन्वय गरी बिर्तामोडको मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालयको निर्माण गरिनेछ ।
२३. बिर्तामोडमा कार्यालय रहेका बैंक तथा वित्तीय संस्थाहरुले लगानीमा लिइरहेको ब्याजलाई सरल बनाउन अनुरोध गर्ने तथा व्यापारिक कर्जा लेनदेनमा दुवैपक्षलाई समन्वयको पहल गर्ने ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )