पाथिभरा गोल्डकपको उपाधी रेड स्टार क्लब झापालाई

पाथिभरा गोल्डकपको उपाधी रेड स्टार क्लब झापालाई

ताप्लेजुङ । कर्ण लिम्बुको उत्कृष्ट गोलको मद्धतले रेड स्टार क्लब झापा तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगीताको च्याम्पियन बनेको छ । आज सम्पन्न फाइनल खेलमा अर्को झापाली टोली न्यू स्टार क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै रेड स्टारले उपाधि चुमेको हो ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा रेड स्टारलाई उपाधि दिलाउन क्याप्टेन कर्ण लिम्बुले निर्णायक गोल गरे । खेलको २२ औं मिनेटमै रेड स्टारका विदेशी खेलाडी ग्लोरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ७२ औं मिनेटमा न्यू स्टारका विजय राईले गोल गर्दै खेल बराबरी पु¥याए ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि १५ मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयको १३ औं मिनेटमा रेड स्टारका क्याप्टेन कर्ण लिम्बुले कर्नर किक मार्फत् प्रहार गरेको बललाई सिधैँ जाली चुमाए ।

खेलको म्यान अफ दि म्याच रेड स्टारका पदम तामाङ घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

जित सँगै उपाधि विजेता बनेको रेड स्टारले नगद ३ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त ग¥यो । उपविजेता बनेको न्यू स्टारले १ लाख ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो ।

 

गत भदौ ८ गतेदेखी सुरु प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )