झापामा उत्पादित पिउने पानिमा कोलिफम (दिशाको मात्रा) भेटियो

झापामा उत्पादित पिउने पानिमा कोलिफम (दिशाको मात्रा) भेटियो

झापा । झापामा उत्पादित चार वटा खानेपानी उद्योगले गुणस्तरहिन पानी उत्पादन तथा बिक्री गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गरिरहेको तथ्य बाहिरिएको छ ।

प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले विज्ञप्ति जारी गरी जानकारी गर्दै गत भदौ २० गते नमुना संकलन गरिएका नौ मध्ये चार उद्योगको पानि गुणस्तहिन रहेको जनाएको छ ।

बिर्तामोडस्थित देवी पाथीभरा इण्डष्ट्रिजबाट उत्पादित लाइफलाइन, प्रकाश वेभरेज इण्डष्ट्रिजबाट उत्पादित लाइफ केयर, वुद्धशान्ति गाउँपालिका–३ स्थित भगवती वेभरेजबाट उत्पादित जिरो अक्वा र मेचीनगर नगरपालिका–६ स्थित अक्वाटप मकालु मिनिरल वाटर उद्योगबाट उत्पादित मकालु ब्राण्डको पानी गुणस्तरहीन भेटिएको रहेको जानकारी बिज्ञप्ती मार्फत गरिएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले गत भदौ २० मा झापाका नौ वटा खानेपानी उद्योगको स्थलगत अनुगमन गरी पानीको नमुना संकलन गरेको समाचार बिर्ताज्योले प्रकाशन गरिसेको छ । ती संकलित पानी खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरको ल्याबमा परीक्षण गर्दा नौ वटा उद्योगमध्ये चार वटा उद्योगको पानीमा कोलिफम भेटिएको छ ।

मानव स्वास्थ्यका लागि घातक कोलिफर्म भएका ती पानी बजारमा नलैजान र बिक्री वितरण तत्काल रोक लगाउन मन्त्रालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयलाई निर्देशनसहितको पत्र काटिसकेको मन्त्रलायका उपसचिव गोपी घिमिरेले जानकारी दिए ।

‘सरकारले तोकेको मापदण्ड विपरीत कोलिफर्म भेटिएका उद्योगबाट उत्पादित पानीमा बिक्री वितरणका लागि रोक लगाइसकेका छौं,’ ।

उपसचिव घिमिरे भने, ‘मानव स्वास्थ्यसँग खेलवाड गर्ने पानी बिक्री वितरण गर्न दिने छैनांै, कोलिफर्म भेटिएका उद्योगले राम्रो पानी उत्पादन गरेपछि पुनः ल्याब परीक्षण गरेर मात्र बजारमा लैजान दिन्छौं ।’

खाद्य अनुज्ञयपत्रबिना सञ्चालित झापाका दुई वटा खानेपानी उद्योगमा गरिएको सिलबन्दी यथावत रहेको छ ।

ती उद्योगको स्थलगत अनुगमन गर्न आएका प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको टोलीले बिर्तामोडस्थित गोरखा मिनिरल वाटर उद्योग र वुद्धशान्तिस्थित भगवती वेभरेज उद्योगमा सिलबन्दी गरिएको समाचार समेत बिर्ताज्योले प्रकाशन गरिसकेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )