भोलिदेखि अनुराग प्रदर्शनमा,प्रधानमन्त्री दिए शुभकामना

भोलिदेखि अनुराग प्रदर्शनमा,प्रधानमन्त्री दिए शुभकामना

काठमाडौं । पत्रकार ऋषि धमलाद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ भोलि असोज १२ गते शुक्रबारदेखि देशैभरि प्रदर्शनमा आउँदैछ । चलचित्रको सफलताको लागि प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, झलनाथ खनाल, माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईले शुभकामना दिईसकेका छन् ।

दलका नेताहरुमात्रै नभएर मुलुकका प्रतिष्ठित व्यक्तित्वहरु, चर्चित कलाकारहरुले समेत अनुरागको सफलताको लागि शुभेच्छा प्रदान गरेको प्रस्तुतकर्ता ऋषि धमलाले जानकारी दिए । उनका अनुसार चर्चित कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा, झरना थापा, भुवन केसी, प्रदिप खड्कालगायत सबैले चलचित्रको सफलताको लागि शुभकामना दिएका छन् ।

त्यस्तै ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुले पनि चलचित्रको सफलताको लागि पत्रकार धमलालाई शुभकामना दिएका छन् । शिक्षाविद्, विद्यार्थी संगठनका प्रमुखहरु तथा देशभरिका उद्योगपतिहरु फिल्म हेर्न आँतुर छन् ।

चर्चित हाँस्यकलाकार महजोडीले पनि ऋीष धमलाको मुभी हेर्न सबैलाई आग्रह गरेका छन् ।

त्यस्तै, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, गृहमन्त्री रामबहादुर थापा ‘बादल ले पनि चलचित्रको सफलताको लागि शुभकामना दिँदै आफूहरु पनि फिल्म हेर्न जाने विश्वास पत्रकार धमलालाई दिएका छन् ।

त्यस्तै, सुरक्षा निकायका प्रमुखहरुले पनि अनुराग हेर्ने बताएका छन् । नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले त प्रहरीहरुलाई ऋषि धमलाको मुभी हेर्न आग्रह गरेका छन् ।

करिब २ करोड लागतमा निर्माण गरिएको उक्त चलचित्र काठमाडौं बाहिर ६० वटा र काठमाडौं उपत्याकाभित्रका सबै हलहरुमा भोलि एकसाथ प्रदर्शनमा आउँदैछ ।

मुभीको लिड रोलमा एलिजा गौतम, समुन्द्र पण्डित, थिलेन लामा, सरोज खनाल, राजाराम पौडेल, रुपा राणा, मोहन निरौलालगायत छन् ।

एरिका फिल्मस् प्रा.ली.को ब्यानरम निर्मित उक्त चलचत्रिका निर्माता भरत गौतम र गीता गौतम भेटुवाल हुन् । म्युजिकल लभस्टोरीको थिममा बनेको अनुराग नेपाली दर्शकहरुको लागि नयाँ स्वाद हुने प्रस्तुतकर्ता धमलाको दाबी छ ।
फिल्मलाई सत्यराज चौलागाँईले निर्देशन गरेका छ भने रामकुमार केसीको छायांकन रहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )