बुधवारेमा प्रहरीकै सेटिङ्गमा लंगुर बुर्जा(डाइस) खेलाइदै

बुधवारेमा प्रहरीकै सेटिङ्गमा लंगुर बुर्जा(डाइस) खेलाइदै

बुधवारे । चाडपर्वका बेला चोरी, लुटपाट र जुवाजन्य खेल नियन्त्रण गर्न झापा प्रहरीले आफ्नो सक्रियता बढाइ रहेका बेला बुधवारेमा भने प्रहरीकै सेटिङ्गमा लंगुर बुर्जा(डाइस) खेलाइने गरेको पाइएको छ ।
इलाका प्रहरी कार्यालय बुधवारे नजिकैको स्थानमा लागि रहेको रमाइलो मेलाबाट इलाका प्रहरी कार्यालय धुलावारीको

टोलीले बिहिवार लंगुर बुर्जा(डाइस) खेलाइरहेको अवस्थामा पक्राउ गरेसँगै बुधवारे प्रहरीको सेटिङ्ग रहेको खुलासा भएको हो ।
दशै अगाडिबाट बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा आशिरबाद सुधार केन्द्रको सहयोगार्थ भनेर सुरु गरेको रमाइलो मेलामा खुलेआम लंगुर बुर्जा(डाइस) खेलाउँदा समेत नजिकै रहेको इलाका प्रहरी कार्यालय बुधवारे रमिते बनेको स्थानिय बताउँछन् ।

स्रोतका अनुसार बुधवारेका प्रहरी इन्चार्ज सई पदमसुन्दर लिम्बुलाई मेलाका ठेकदार विवेक अग्रवालले दैनिक ३ हजार ५ सय रुपैयाँ बुझाउँने गरेका छन् । लिम्बुले डिउटीमा खटिने प्रहरीलाई मेलाको गेटसम्ममात्र जाने उर्दी दिने गरेको स्रोतको दाबी छ ।

मेला सुरुभएको १३औँ दिन हिजो बिहिवार इलाका प्रहरी कार्यालय धुलावारीको टोलीले ३ थान लंगुर बुर्जा(डाइस) खेलाई रहेकाबेला समातेको धुलावारीका इन्सपेक्टर खगेन्द्र रिजालले बताए । इन्सपेक्टर रिजालले प्रहरीलाई झुक्याएर डाइस खेलाइने गरेकोले यसमा प्रहरीको मिलेमतो नरहेको तर्क गरे ।

तर, मेला स्थल नजिकै रहेको इलाका प्रहरी कार्याल बुधवारेले मेला सञ्चालन भएको १३ दिनसम्म पक्राउ नगरेको लंगुर बुर्जा(डाइस)इलाका प्रहरी कार्यालय पक्राउ गर्दा बुधवारेका सई लिम्बुको मिलेमहतो प्रष्ट भएको स्थानिय बताउँछन् । मेलामा १३ दिनसम्म पिङ् लागायत अन्य रमाइलो कुनै कुरा पनि नल्याई डाइस र तास मात्र खेलाइने गरेको स्थानिय बताउँछन् । ३ थान लंगुर बुर्जा(डाइस)पक्राउ परेपनि अन्य दर्जनौ थान डाइस सहित खेलाउने भागेको स्थानिय बताउँछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )