८ लाख बढीको लागतमा अर्जुनधारामा आर्ट एकाडेमी

८ लाख बढीको लागतमा अर्जुनधारामा आर्ट एकाडेमी

बिर्तामोड । अर्जुनधारा नगरपालिकाका स्थायी बासिन्दा चिरञ्जीवी अधिकारी र विराज बास्कोटाले ८ लाख बढीको लागतमा अर्जुनधारामा आर्ट एकाडेमीको स्थापना गरेका छन् ।

सांस्कृतिक रुपान्तरणमार्फत समाज परिवर्तन गर्ने उद्देश्यले नृत्य, अभिनय र गायन सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले अर्जुनधारा–१० स्थित कालीस्थान, कप्तानवाडी र लक्ष्मीपुरमा ॐकार एकाडेमीको स्थापना गरेका हुन् ।

शनिबार अर्जुनधारा–१० स्थित ॐकार आर्ट एकाडेमीको समुद्घाटन गर्दै अर्जुनधारा नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि हरिकुमार रानाले संस्कृतिलाई हिंसाविरोधी कार्यतर्फ उन्मुख गराउनुपर्ने धारणा राखे।

कार्यक्रममा अर्जुनधारा वडा नं–१० का अध्यक्ष बलदेव गोम्देन, कालीस्थान मा।वि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद चापागाईंलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

लोक सांस्कृतिक, जुम्बा, साल्सा लगायतका विधामा नृत्य सिकाइने सञ्चालक अधिकारीले बताए । ‘म पनि कलाकार हुँ’, सञ्चालक अधिकारीले भने, ‘नेपाली चलचित्र बिन्दास लाइफमा मूख्य कलाकारको भूमिका निर्वाह गरेको छु र मैले दर्जनौँ म्युजिक भिडियोमा समेत अभिनय गरेको छु ।

कार्यक्रममा सुपर डान्स इन्डियाको टिभि राउण्डमा पुग्न सफल अर्जुनधाराकै लिसारा थापा मगर, पूर्वाञ्चल आइडल विसम आचार्य, लेट मी डान्स नेपालको फस्ट रनर अप अनिशा ओलीलगायतका कलाकारले आकर्षक प्रस्तुती प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )