साँझमा स्वाद फेर्नेहरुको भिड

साँझमा स्वाद फेर्नेहरुको भिड

शम्भु दाहाल
बिर्तामोड । काम गर्ने आत्मा विस्वास र शरिरमा जाँगर हुने हो भने पैसा कमाउन बिदेश नै जानु पर्छ वा कुनै ठूलो कार्यालयमा जागिर नै खानु पर्छ भन्ने छैन । वास्तवमा कामको कमी कहीँ पनि छैन, पहिचान गर्न सके काम र दाम दुवै यहीँ छ । बिर्तामोडका बिभिन्न सडक पेटीमा ठेलामा व्यापार गर्नेहरु यसको उदारण हुन् ।

भारत घर भएका राजकुमार शाह बिर्तामोडको भद्रपुर रोडमा २० बर्षबाट ठेलामा मःमः चाउमिन, छोइला बेचेर मासिक ७५ हजार कमाउँछन् । युकेजीमा पढ्ने नानीको फिस, कोठा भाडा, औषधी उपचार खर्च गरेर ३ जनाको परिवार पालेर पनि राम्रै बचत गर्ने गरेको साहले बताए ।

भद्रपुरोडमा दिउँसो २ बजेबाट ठेलाका मःमः चाउमिन बेच्दै आएका कृष्ण साहले पनि दैनिक २–३ हजारको व्यापार गर्ने गरेको बताए । साँझ पख अफिस छुट्टि भएपछि धैरै कर्मचारी नास्ता खान आउने गरेको शाहले बताए । उनले पनि ३ जनाको परिवारको गुजारा यही ठेला व्यापारले नै धानेका छन् । दाजुले बर्षाैबाट गर्दै आएको ठेला व्यापार बिगत ५ बर्षबाट कृष्णले सम्हालेका छन् ।

कृष्णको पसलमा छोइला खार्दै गरेका चारआलीका नवराज तिमिल्सिनाका प्रायः जसो साँझमा स्वाद फेर्नका लागि केहि न केहि खान आउने गरेको बताउँछन् ।

साँझमा काम पनि हुँदैन अफिसबाट आएपछि एक छिन् बाहिरी माहोल पनि हेरिने, मुख पनि फेरिने भएकाले अधिकांश मानिस फुटपाथमा केहि खान आउने तिमिल्सिनाले बताए ।

ठेलामा मःमः, चाउमिन बेच्ने मात्र होइन, चटपटे पानिपुरी, चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका छन् ।

आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागि समेत आफ्नै कमाइले पुग्ने भएकाले धेरै लगानी गर्न नसक्नेका लागि यो रोजाइमा पर्ने साहले बताए ।

बिर्तामोड पछिल्लो समय तिब्र गतिमा बिकसित भइरहेको प्रदेश नम्बर १ को व्यापारिक केन्द्र हो । बिर्तामोडको चोकचोक, गल्लीगल्लीदेखि डिपार्टमेन्ट स्टोर अगाडि र सार्वजनिक ठाउँहरूमा राखिएका ठेला व्यापारले धेरैको जिविकोपार्जन भएको शनिश्चरे रोडमा पानीपुरी र चटपटे बेच्दै आएकी सिता साह बताउँछिन् ।

सिताकोमा दैनिक १ सय ५० जना जतिले पानीपुरी चटपटे खान आउने बताइन् । उनकामा कम्तिमा २० रुपैयाँ र बढीमा ५० रुपैयाँसम्मको खाने ग्राहक आउने गरेका छन् ।

हस्पिटल अगाडी ठेलामा बदाम बेच्दै आएका बिहार घर भएका प्रभु साह भन्छन् ‘जाँगर चलाउनेलाई कहीँ पनि भोकै मर्नु पर्दैन् ।

कामलाई सम्मान गर्न सके त्यसबाट आम्दानी राम्रो हुन्छ ।’ उनले ठेलामा जाडो सुरु भए पछि बदाम बेच्न थालेका हुन पहिले सिरक बनाउने काम गर्थे । ठेलामा गरिने व्यपार हेर्दा सामान्य देखिने तर आम्दानी सोचेभन्दा बढी हुने व्यापारी बताउँछन् ।

मौसम अनुसारको व्यापार

पछिल्लो समयमा बिर्तामोडमा ठेलामा व्यपार गर्ने व्यवसायीहरुले बर्सेभरि एकै किसिमको व्यापार नगरी सिजनल (मौसमी) व्यापार गरेर राम्रो आम्दानी गर्न थालेका छन ।

विभिन्न ठेला व्यवसायीहरुले एकै प्रकृतीको व्यपार नगरी फरक–फरक सिजन अनुसारको व्यापार गरेर राम्रो आम्दानी गर्न थालेका हुन । ठेला व्यवसायमा लागेका विभिन्न व्यक्तिहरुले कहिले फलफुल, कहिले जुस तथा फलफुलमा पनि एकै प्रकाको व्यापार नगरी विभिन्न फरक फरक प्रकारको व्यापार गर्ने गरेर आम्दानी गरिरहेका छन ।

घनकुटा स्थायी घर भई विगत ३ बर्ष यता बिर्तामोडमा ठेलाको व्यापार गर्दे आएका सनमान तामाङले मौसम अनुसारको व्यापार गर्दा राम्रो आम्दानी हुने भएको कारण मौसमी व्यपारमा लागेको बताए । उनले गत बर्ष बाट कहिले फलफुल, कहिले उखुको जुस तथा कहिले ठेलामा सागसब्जी राखेर बिक्र गर्दै आएको बाताउँछन् ।

उनले थपे ‘चाड पर्व तथा मौसम अनुसारको व्यपार गर्दा राम्रो आम्दानी हुन्छ त्यहि भएर यस्तो व्यापारमा लागेको हुँ ।’
अहिले सुन्तलाको सिजन भएकाले सन्तलाको व्यापारमा लागेको मौसमी व्यपार गदै आएका रुद्र शर्माले बताए ।

कृिषथोक बजारबाट फलफुल ल्याएर व्यापार गर्ने गरेको र दोब्बर नाफा हुने गरेको शर्माले बताए । उनले दैनिक ५ हजार रुपैयाँसम्मको व्यापार गर्ने गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )