नेकपामा बहुमतको निर्णय सापेक्षतामा ठिक-रामकुमारी झाँक्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीका ४ शीर्ष नेताहरुबाट भएकाे सचिवालयको बैठक बहिष्कार प्रकरणले पार्टीमा विधिसम्मत निर्णय हुने परिपाटीको सुरुवात भएको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो स्टाटसमार्फत नेतृ झाँक्रीले शनिबार ४ शीर्ष नेताहरुले समयको उचित सदुपयोग नभएको भन्दै सचिवालय बैठक बहिष्कार गर्नु र केही समयअघि आफूलगायतका २१ जना केन्द्रीय सदस्यहरुले उठाएको कुरा मिलेको प्रष्ट पारेकी छन् ।

jhakri_1चार नेताको बहिष्कारपछि बहुमत (पाँच) नेताहरुले स्थायी कमिटिको बैठक आगामी २९ गते गर्ने निर्णय बहुमतका आधारमा गरेपछि अब अध्यक्षहरुको चाहना विपरितका निर्णयहरु बहुमतले हुनसक्ने बाटो खुलेको उनले बताइन् ।

शनिबारको बैठकले पार्टीमा नयाँ अभ्यास सुरु भएको भन्दै झाँक्रीले पार्टी एकता प्रक्रियाका सबै निर्णय सहमतिमा गर्ने वा दुई अध्यक्षको इच्छामा मात्र हुन्छन् भन्ने भ्रमको अन्त्य भएको बताएकी छन् । यसरी अध्यक्षद्वय, महासचिव लगायतका पाँच सचिवालय सदस्यहरुले गरेको निर्णय सापेक्षतामा हेर्दा आफूलाई ठिक लागेको झाँक्रीको भनाइ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (1 )