१३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

१३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बिर्तामोड । मनकामना क्याम्पस बिर्तामोड अन्तरगत साहित्य प्रेमी विद्यार्थीहरुको संस्था मनकामना साहित्यिक परिवारले आज बिर्तामोड ४ स्थित तारा नमस्ते बाल ग्रामका १३ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

२०६९ सालदेखि नारायण पोखरेलले संचालनमा ल्याएको यस बालग्राममा हाल विभिन्न जिल्लाका १३ जना बाबु आमा नभएका तथा बाबुआमाले छोडरे गएका अनाथ तथा असाहाय विद्यार्थीहरु रहँदै आएका छन् ।

स्विजरल्याण्डमा रहेको छोरा उज्जवल पोखरेल तथा उनका साथी राफेल ग्याल्मोरले महिना महिनामा त्यहाँबाट जम्मा गरेर पठाउने रकम देखि बाहेक अन्य आर्थिक श्रोत नभएकोले यस्ता साहित्यिक परिवार जस्तै अन्य संस्थाहरुले सहयोग गर्दा आफूँहरु अत्यन्तै खुशी भएको बालग्राम संचालक पोखरेलले बताए ।

अतिरिक्त क्रियाकलापमा अब्बल रहेको यस साहित्यक परिवारले क्याम्पसमा विभिन्न समयमा कविता गोष्ठी तथा अन्य कार्यक्रमहरु गरिरहेको क्यापसका सहायक प्रमुख राजेन्द्र प्रसाईले जानकारी दिए । यस अघि पनि मेचीनगरमा रहेका मृर्गौला पिडित शिव कुँवरलाई पनि साहित्यिक परिवारको तर्फबाट सहयोग गरिएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यमा यस परिवार सदैव अग्रसर रहने संस्थाकी अध्यक्ष संगिता कोइरालाले बताइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (1 )