सिक्किमे मदिरा फिक्कलमा बरामद

इलाम । प्रहरीले इलामको सूर्योदय नगरपालिका १० फिक्कल चोकबाट अवैध रुपमा ल्याउँदै गरेको सिक्किमे मक्स नामक मदिरा बरामद गरेको छ ।

पशुपतीनगरबाट धरानको लागि छुटेको को १ ख ५३२९ नम्बरको बस भित्र लुकाई छिपाई राखेको ९० बोतल अवैध मदिरा बरामद गरेको हो । बरामद मदिरा बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )