स्वास्थ्यमा असर परेको भन्दै सडक अवरोध

भद्रपुर ।  हुलाकी सडकको लिङ्क रोडका रुपमा रहेको निर्माणाधीन मेची राजमार्गको चारआली–चन्द्रगढी खण्डमा सुस्तगतिमा ठेकेदारले काम गर्दा धुलोको प्रदुषणले स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सडक अवरोध गरिएको छ ।

पटक–पटक स्थानीयले निर्माण ठेकेदार तथा सडक विभागका प्रतिनिधिलाई काम तीव्र गतिमा सम्पन्न गर्न तथा धुलोलाई कम गरी व्यवस्थापनको विकल्पसहित कार्य गर्न अनुरोध गरे पनि सरोकारवाला निकायले अटेर गरेको भन्दै युवाले विहान ८ बजेबाट सडक अवरोध गरेका हुन् ।

भद्रपुर नगरपालिका–१० स्थित वीपी चौकमा युवाहरुको समूहले सडक अवरोध गरेपछि उत्तर दक्षिण चल्ने साना ठूला यातायातका साधन रोकिएका छन् ।

केही समययता सडक निर्माणको काम सुरु गरेको ठेकेदार कम्पनीको काम गुणस्तरहीन रहेको समेत स्थानीयको आरोप छ । सडकमा विछ्याइएको गिटी बालुवाको परिणामदेखि राखिएका कल्वर्टसम्का काममा स्नथानीयले प्रश्न उठाएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )