डा.केसीको अवस्था जटिल, नाइटभिजन हेलिकप्टरमा काठमाडौं लगिने

इलाम । ९ दिन देखि अनसनमा रहेका डाक्टर गोबिन्द केसिको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि आजै राती काठमाडौं लैजाने तयारी गरिएको छ ।

इलाममा प्रतिकुल मौसमका कारण नाइट्भिजन हेलिकप्टर ल्याण्ड गर्न नसक्ने भएका कारण झापाको भद्रपुरसम्म एम्बुलेन्समा लगेर राति नै काठमाडौं लैजाने तयारी भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाम आएको सरकारी चिकित्सक टोलीको आग्रहमा उनी काठमाडौं जान राजी भएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसी १६ औं पटक अनसनमा बसेका हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )