यस्तो बन्ने भो हल्दिबारी गाँउपालिकाको भवन

यस्तो बन्ने भो हल्दिबारी गाँउपालिकाको भवन

दमक । झापामा अनकुरणिय कामहरु गरेर चर्चामा रहदै आएको हल्दिबारी गाँउपालिकाले आफ्नो प्रशासनिक भवनको डिजाइन सहितको नक्सा पास गरेको छ । यो संगै अब प्रशासनिक भवन निर्माण शुरु हुने जनाईएको छ ।

आज बसेको हल्दीबारी गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको प्रशासकीय भवनको डिजाइन स्वीकृत गरेको प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरेले बताए । अब भवन निर्माणको काम शुरु हुने जनाईएको छ ।

भुकम्प प्रतिरोधात्मक भवनको लागत अनुमान करिब साढे पाँच करोड रहेको गाँउपालिका उपाध्यक्ष डम्बर गिरीले बताए । यस क्षेत्रको ऐतिहासिक धनुष पोखरी छेउमा यो भवन बन्नेछ । त्यहि भएर भवनको डिजाइन पनि पोखरी आकारको नै छ ।

कार्यालय भवन ऐतिहासिकता प्रवर्द्धन गर्न धनुष कै आकारमा निर्माण गर्न लागिएको गाँउपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङदेनले जनाएकाछन् । उनले भवनलाइ स्थानीय ऐतिहासिक पृष्ठभुमिलाइ चिनाउने खालको बन्न लागेको उल्लेख गरे ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )