दुबै मृगौला बिग्रिएका ललित भन्छन् ‘मलाई बाँच्न मन छ’

झापा । मनिस जन्मेपछि मृत्यु हुनु स्वभाविकै हो । तर, युवा अवस्थामा मर्दैछु भन्ने थाहा पाँउदा कसको मुटु नकाम्लार ? आज यस्तै पिडामा छटपटाई रहेका छन् इलामको रोङ गाँउपालिका–२ शान्तिपसरका २३ वर्षीय ललित तामाङ । उहाँको दुवै मृगौला फेल भएपछि उपचार गर्ने रकम नहुँदा पिडा सहेर घरमा नै बस्न बाध्य भएको बताउँनुहुन्छ ।
आमा सुगरको बिरामी र जन्डिसले थलिएका बुबालाई उपचार गरेर परिवारलाई सुखले पाल्ने उनको सपनामाथि दैवले ठूलै बैज्रपात हानेको छ । आज उनी आर्फै मृत्युसँग संर्घष गरिरहेका छन् । परिवारको जेठो छोरा कक्षा ९ सम्म अध्ययन गरेका ललित घरको आर्थिक अवस्था अत्यन्त नाजुक भएपछि रोजगारीका लागि समय भारत गएका थिए ।
तर, घर फर्किदा उनले आफैं मृत्युसँग संघर्ष गरिरहेको कुराले आज सिँगो शान्तिपुर गाँउ नै स्तब्ध बनेको छ । परिवारलाई पाल्ला भन्ने आशाले घरमा बसेकी आमा बीबीमाया तामाङ्ग गहभरी आँशु पार्दै अब के गर्ने भनेर अतालिएकी छन् । उनले छोरालाई बचाईदिन सबैसँग अपिल समेत गरेकी छन् । उनि भन्छिन् ‘नौ महिना पेटमा बोकेर जन्मिएको सन्तानको माया कुन आमाले बिर्सन सक्छिन र ?’ तर, तै सन्तान युवा अवस्थामा मुत्युसंग लडिरहेको छ भन्दा कुन आमाको आँखामा आँशु अडिन्छन र ।
परिवारसँग बोल्ने कुनै शब्द नै छैन उपचार गरौँ पैसा छैन नगरौ छोरो छटपटाई रहेको देख्दा कुन आमा–बुबाको मन मान्छ र । उनीहरुले अहिले हात जोडेर बचाईदिन अपिल गरिरहेका छन् । हुनेहार दैव नटार भने झैं आखिर किन भगवानले पनि गरिबलाई नै परिक्षा लिइरहेको छ भन्ने सबैलाई परिरहेको छ ।
ललित भन्छन् ‘म बाँच्न चहान्छु, सुगरकी बिरामी आमाको उपचार गर्दै जन्डिस भएका बुबालाई निको पारेर खुशी साथ हाँस्न चाहान्छु ।’ तर, अहिले रकम अभावले आफैं मृत्युको मुखमा पुगेको भन्दै आफैंदेखि हार मानेर टोलाई रहेका छन् । उनले आफुलाई सहयोग गरेर नयाँ जीवन प्रदान गरिदिन सबैसँग अनुरोध गरेका छन् । परिवार पाल्ने आफ्नो दाई बाँच्ने भए उनका भाई एउटा मृगौला दाईलाई दिन तयार छन् । तर, मृगौला प्रत्यारोपण गर्ने एक रुपैयाँ पनि रकम नहँुदा आज परिवारका सदस्य आँशु बगाएर बस्न बाध्य छन् ।
यसरी थाहा भयो मृगौला बिग्रिएको
दुई महिनाअघि अचानक शरीर सुन्निनु र पिसाबमा रगत देखिएपछी उपचार गर्न बिर्तामोडस्थित बीएण्डसी हस्पिटल हुँदै ललित बिराटनगरस्थित नोबेल हस्पिटलसम्म पुगेका थिए । नोबेलका डा.शैलेन्द्रकुमार श्रेष्ठले बाएप्सी गर्दा नर्मल बताएको उनलाई भारत पश्चिम बंगालको सिलीगुडीस्थित बेंगाल किड्नी केयर सेन्टरमा मृगौला फेल भएको पत्ता लागेको स्थानिय जयबहादुर तामाङले बताउनु भयो
त्यसपछी पुस दोस्रो साता काठमाण्डौंस्थित बीरहस्पिटलमा पुनः स्वास्थ्य परीक्षणका लागि पुगेको उनलाई सम्बन्धित चिकित्सकले पूर्णरुपमा मृगौला फेल भएको र प्रत्यारोपण मात्र अन्तिम उपाय भएको जानकारी दिएपछी हाल अर्थिकरुपमा विपन्न तामाङ परिवार पीडामा रहेका हुन् ।