बिर्तामोडमा यसरी हुँदैछ भूस्याहा कुकुर बन्ध्याकरण (हेर्नुहोस् भिडियो)

बिर्तामोड ।  सडकका भूस्याहा कुकुर नियन्त्रण गर्नका लागि बिर्तामोड नगरपालिकाले बन्याकरण कार्यक्रम सुरु गरेको छ ।बिर्तामोड नगरपालिका कार्यालय पशुसेवा शाखाको आयोजना तथा पोखराको हार्ट नेपाल नामक संस्थाको प्राविधिक सहयोगमा बिर्तामोडमा बुधबारदेखि रेविज रोग नियन्त्रण तथा कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।

हार्ट नेपालका निर्देशक खगेश्वर भट्टराईको नेतृत्वमा १३ सदस्यीय टोली भूस्याहा कुकुर बन्ध्याकरण गर्नका लागि झापामा छ । बुधबारदेखि मंसिर ५ गतेसम्म चल्ने शिविरमा बिर्तामोडका २ सयवटा कुकुर बन्ध्याकरण गर्ने लक्ष्य राखिएको बिर्तामोड नगरपालिकाका प्रशासन शाखा प्रमुख मेघराज बास्तोलाले जानकारी दिए ।

टोलीले सडकमा भेटिने छाउरी कुकुर नियन्त्रणमा लिएर बेहास बनाइ शल्यक्रियामार्फत पाठेघर निकाल्ने गरेको छ । बिर्तामोडमा भूस्याहा कुकुरले पशुचौपायालाई टोकेर रेविज रोग फैलिन थालेपछि नगरपालिकाले कुकुर नियन्त्रण गर्न यस्तो तरिका अपनाएको हो । बिर्तामोड नगरपालिकाले हरेक वर्ष कुकुर बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको मेयर ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।

हार्ट नेपालले यसअघि झापाको अर्जुनधारा र कन्काई नगरपालिकामा भूस्याहा कुकुर बन्ध्याकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । अर्जुनधारामा २ सय २१ र कनकाईमा २ सय ६ वटा कुकुरको बन्ध्याकरण गरिएको हार्ट नेपालका निर्देशक भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )