झापा ११ सेमिफाइनलमा

झापा ११ सेमिफाइनलमा

झापा । मोफसलकै चर्चित फुटबल प्रतियोगिता झापा गोल्डकपको पहिलो क्याटर फाइनल खेलमा मगमग झापा ११ले हङकङ नेप्लीज फुटबल एकेडेमीलाई १–० गालले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा झापाले हङकङ नेप्लीज फुटबल एकेडेमीलाई १—० गोलअन्तरले पराजित गर्दै अघिल्लो यात्रा कायमै राखेको हो । घरेलु मैदान र दर्शकको साथ पाएको झापाका लागी पहिलो हाफको ४२औँ मिनेट जर्सी नम्बर १४का कर्ण लिम्बुले गरेको गोल नै निर्णायक बन्यो । निशान्त खड्काको क्रसमा डिबक्स भित्रबाट उत्कृष्ट तरिकाले कर्णले जाली चुमाएका थिए ।

खेलको सुरुवातबाटै दुबै टिम आक्रमक रुपमा उत्रिएका थिए । पहिलो हाफको १०औँ मिनेट डिबक्स भित्र बाट कर्णले गरेको हेडले दिशा लिन सकेन् । एक पछि आर्को आक्रमणमा उत्रिएको झापाका लागि १३औँ र १४औँ मिनेटमा पुजन उपरकोटी र सञ्जय राईले गरेको प्रहार बार माथीबाट गएको थियो । २७औँ मिनेटमा कर्ण लिम्बुले डिबक्समा वान भर्सेस वानमा किपरलाई बिट गराउन नसक्दा गोल हुन सकेको थिएन ।

दोस्रो हाफको सुरुमा केहि केहि अवसर पाएको हङकङ नेप्लीज फुटबल एकेडेमीलाई झापाका डिफेन्सले कुनै मौका दिएनन् । दोस्रो हाफको खेलमा पनि पुरै हाबी भएको झापाले धेरै वटा मौका पाए पनि सदुपयोग भने गर्न सकेन ।

खेलको म्यानअफ द म्याच झापाका झापा ११ का निशान्त खड्का घोषणा भए । भोलीको खेल दुई बिभागिय टोलीहरु सशस्त्र प्रहरी र त्रिभुवन आर्मी क्लबका बीच हुने छ । आगामी फागुन २७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १० टिम सहभागी छन् । विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले छ लाख पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )