झापा धान सुपरजोन : चैते धानमा कृषकको आकर्षण बढ्दो, यसबर्ष दोब्बरले धान रोपाई

झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत झापाको धान सुपरजोन क्षेत्रमा मेशिनको प्रयोगसँगै चैते धान रोपाईमा कृषकको आकर्षण बढेको छ । गत बर्ष ७ सय विगाहमा रोपिएको धान यो बर्ष दोब्बरले बढेको छ ।

धान रोप्ने मेशिन किसानको पहँुचमा पुगे पछि यस बर्ष धान सुपर जोन क्षेत्रमा १५ सय विगाहमा धान खेती गरिदैंछ । सुपरजोन क्षेत्र कार्यान्वयनमा आउनु अघि थोरै खेती हुने क्षेत्रमा अहिले किसानहरु मेशिनको प्रयोगलाई प्राथमिकता दिएर धेरै क्षेत्रमा खेती गर्न थालेका छन् । कचनकवल ४ ढुकढुकीका खड्ग राजबंशीले धान रोप्ने मेशिनको प्रयोगले सहजता ल्याए पछि यो बर्ष ५ विगाहमा खेती गर्दै आइरहेको कृषक खड्ग राजबंशीले बताए । पछिल्लो समय सुपरजोनले कृषकलाई दिएको मेशिन र सहयोगका कारण कृषकहरु धान खेतीमा आकर्षित भएको कृषक हेमलासिंह राजबंशीले बताए ।
सुपर जोनमा सूचिकृत १ सय १० कृषि समूहका २२ सय घरधुरी खेतीमा लागेका छन् । खेती व्यक्तिगत मात्र नभई समूहगतरुपमा समेत गर्न थालेको नौलो भविष्य साना किसान कृषि सहकारी संस्थाकी व्यवस्थापक लक्ष्मी बजगाईको भनाई छ । कृषिमा आत्मनिर्भर हुन राज्यले मेशिन देखि उत्पादनसम्मलाई अनुदान दिन थाले पछि बार्षिक रुपमा खेती गर्ने क्रम बढेको सुपरजोनका कृषि अधिकृत सागार विष्टले बताए । प्रविधिको प्रयोगले किसानको जनशक्तिको अभावलाई पुरा गर्नुका साथै समयको समेत बचत गरेको छ । यसको प्रयोगले किसानहरुको आकार्षण बढ्नुका साथै आम्दानीमा बृद्धि हुन थालेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )