सामुदायिक भवन बनाउन सहयोग खोज्दै बरफल्याङका युवाहरु

सामुदायिक भवन बनाउन सहयोग खोज्दै बरफल्याङका युवाहरु

रोङ । इलामको रोङ गाउपालिका २ को बरफल्याङमा दलित सामुदायिक भवन बन्ने भएको छ । १ नम्बर प्रदेश सरकारले भवनको लागि २० लाख रुपैया बजेट पठाइदिएपछि भवन बनाउन उपभोक्ता समिति पनि गठन भएको छ ।

डिल्लीराम रसाइलीको अध्यक्षतामा बनेको समितिको सचिबमा देबेन्द्रकुमार शिवा तथा कोषाध्यक्षमा सितादेबी सुनुवार दर्जी चयन  भएका  छन्  । त्यसैगरी समितिको सदस्यहरुमा निरमाया बिश्वकर्मा, बालकुमारी लकान्द्री, टिकामाया सिन्चुरी, मोतीलाल लकान्द्री, सञ्जिब कार्की र चन्द्रबहादुर बराइली चयन भएका छन् ।

त्यस्तै भीमबहादुर रसाइलीको सम्योजनत्वमा अनुगमन समिति पनि गठन भएको छ । समितिको सदस्यहरुमा कमल बिश्वकर्मा, टिकाराम रसाइली, धनमाया कालीकोटे र पूर्णबहादुर गजमेर रहेको रोङ २ का वडाध्यक्ष टेकबहादुर तामाङले जानकारी दिए । भवन निर्माणको लागि १ रोपनी निजी जमिन आवस्यक परेकाले उपलब्ध गराउन नव गठित समितिले आग्रह गरेको छ ।

जमिन निशुल्क उपलब्ध हुन नसक्ने अवस्था भएमा खरिद गरेरै भएपनि भवन बनाउने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष डिल्ली राम रसाइलीले बताए । ‘प्रदेश सरकारले हामीलाई दलित सामुदायिक भवन बनाउनको लगि २० लाख सहयोग गरेको अवस्थामा हामीले चन्दा गरेरै भएपनि जमिन किन्छौ, उपभोक्ता समितिका अध्यक्ष रसाइलीले भने, जमिन किन्नको लागि हामीले देश बिदेशमा रहनु भएका महानुभावहरुलाई अनुरोध गरेका छौ । बरफल्याङ क्षेत्रमा यतिबेलाको चलनचल्तीमा १ रोपनी जमिनको ठाउ हेरेर ३ लाख देखि ५ लाख सम्म पर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )