सुविधा सम्पन्न अस्पताल बनेसँगै सुरुङ्गावासी दंग

सुविधा सम्पन्न अस्पताल बनेसँगै सुरुङ्गावासी दंग

झापा । निजि अस्पताल गरिब जनताको आर्थीक पहँुच भन्दा सयौँ गुण महंगो भएर उपचार अभाव झेलीरहेका बेला झापाको कनकाई नगरपालिका – ३ स्थित सुरुङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला स्तरको अस्पतालको रुपमा संचालनमा ल्याउन ७२ कोठाको अस्पताल निर्माण सम्पन्न भएको छ ।

सरकारी लगानीमा तयार गरिएको यो नगरकै पहिलो अस्पताल हो । प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गालाई १५ शैयाको अस्पतालमा रुपान्तरण गर्ने सरकारको तायारीसँगै भ्याट बाहेक ५ करोड ५२ लाख रुपैयाँको लागतमा अस्पताल सञ्चालनका लागि भवन तयार गरिएको हो । सामान्य उपचारको लागि बिर्तामोड लगायतका क्षेत्रमा जानु परिरहेका बेला आफनै ठाउँमा सुविधा सम्मपन्न अस्पताल संचालनमा आउनलाग्दा खुसी छन् स्थानियवासी ।

नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको पाँच करोड ५२ लाख ५८ हजार २ सय ३९ रुपैंया ८७ को लागतमा अस्पतालको भवन निर्मणका लागि दि कञ्चनजंघार कञ्चनजंघा जेभी काठमाण्डौलाई ठेक्का दिएको थियो ।

२०७२ साल चैत्र १० गते सुरु भएको निर्माण कार्य निर्धारीत समयमै सकेर ७६ बैशाखको पहिलो साता भित्र भवन स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिने निर्माण व्यवसायी जनकराज तिमल्सिनाले बताउनुभयो । स्थानीय तहमा एक अस्पतालको सरकारी अवधारणा अनुरुप कनकाई नगरपालिका – ३ स्थित सुरुङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला स्तरको अस्पतालको रुपमा संचालनमा ल्याउँने तयारी भएसंगै अस्पतालको भवन निर्माण भएको हो ।

अस्पताल संचालनका लागि सुविधा सम्पन्न भौतिक पूर्वाधार तयारी हुनुका साथै आवश्यक मापदण्ड पूरा गर्नु पर्ने भएकाले अस्पतालका लागि भौतिक संरचाना निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )