प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेको आरोपमा सवारी चालक पक्राउ

प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेको आरोपमा सवारी चालक पक्राउ

झापा। प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेको आरोपमा एक सवारी चालक पक्राउ परेका छन् । प्रहरीले, आफूलाई घुस दिन खोज्ने व्यक्तिलाई रंगेहात पक्राउ गरेको बताएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको मेचीनगर–१३ चारआली चौकमा सवारीसाधनका कागजपत्र चेकजाँच गर्नेक्रममा प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने अर्जुनधारा नगरपालिका–२ बस्ने बर्ष ४२ वर्षीय रामकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )