कनकाई पुलमा राखिएको बम डिस्पोज

कनकाई पुलमा राखिएको बम डिस्पोज

झापा । झापाको कनकाई पुलमा राखिएको प्रेशर कुकर बम सेनाको कालीबहादुर गणबाट खटेको टोलीले डिस्पोज गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको क्रममा

सार्वजनिक यात्रुवाहक बस भित्रबाट बम फाल्दै गरेको मर्निङवाकमा गर्न निस्केका स्थानीयले देखेपछि मङ्गलवार बिहान ६ बजेर २० मिनेटमा प्रहरीलाई खबर गरेका थिए ।

त्यस पछि केही घण्टा पूर्व पश्चिक लोक मार्ग अवरुद्ध भएको थियो । भद्रपुर नगरपालिकामा राखिएको रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको १० घण्टा बित्न नपाउँदै कनकाई नगरपालिकाको कनकाई नदीको पुलमा बम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )