१३ गतेदेखि ओलीको चुनावी अभियान

दमक ।  एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली आफनो निर्वाचन क्षेत्र झापाको क्षेत्र नम्वर ५मा मंसिर १३ गते देखि १६ गते सम्म मतदाताहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

बामगठबन्धनका तर्फबाट झापाको क्षेत्र नम्वर ५का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओली मंसिर १३ गते , १५ गते र १६ गते निर्वाचन क्षेत्रका मतदाता ,खेलाडी र महिलाहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको संयुक्त निर्वाचन परिचालन संयोजन समितिले जानकारी दिएको हो ।

१३ गते दमकका खेलाडी र महिलाहरुसंग भेटघाट गर्ने कार्यक्रम तय गरिएको सामानुपातिक तर्फका उम्मेदवार होम बहादुर थापाले जानकारी दिए । यसै गरी प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओलीले १५ गते दमक ३ स्थित आमचोक , वडानम्वर ९ को चियादोकान ,वडानम्वर १० को संगम चोकमा मतदातासंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

एता १६ गते लखनपुर र दमक ६को नमुनामार्गमा कोण सभा कार्यक्रम गर्ने योजना रहेको परिचालन समितिका सहसंयोजक हुकुम बहादुर नेपालीले जानकारी दिए । ओली आउने कार्यक्रमको बिभिन्न तयारी भइरहेको संयोजन समितिले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )