फेरि उदाए रवीन कोइराला

फेरि उदाए रवीन कोइराला

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय कमिटिको सम्पन्न भएको बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाको इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तोकेको छ ।
यस अघिको सैधान्तिक सहमति भन्दा केही फेरबदल गरेर जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेको छ । पार्टीको बैठकले नेकपा झापाको इन्चार्जमा रविन कोइरालालाई तोकेको छ ।
मेचीनगर ६ काकरभिट्टा निवासी कोइराला नेकपाको केन्द्रीय सदस्य समेत हुन् । त्यसैगरी नेकपा झापाको सहइन्चार्जमा तीन जनालाई चयन गरिएको छ । देवेन्द्र दाहाल, धर्मशिला चापागाई र हरि राजबंशीलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।
नेकपा एमालेको झापा जिल्ला कमिटिको २ कार्यकालका अध्यक्ष र झापा क्षेत्र नं १ बाट संबिधानसभा साँसद समेत भएका रबीन कोइराला कुशल नेतृत्वकर्ता नेता मानिन्छन् । तर उनलाई पार्टीमा स्थापित हुन रोक्ने छेक्नेदेखि चुनाबमा उठ्न नदिने खेलसम्म भए ।
एकजना पार्टीकै नेता भन्छन्, रबीनलाई इन्चार्ज हुन नदिन ठूलै तयारी गरिए तर त्यो सम्भब भएन । अब फेरि कोइराला उदाएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )