झापामा एउटै घर भेटियो २७ वटा गोमन सर्प !

झापामा एउटै घर भेटियो २७ वटा गोमन सर्प !

झापा । सर्प देख्दा को नतर्सेला र ? अझ घरभित्र सर्प देखियो भने त होस हवास नै उड्छ । झापाको गौरादहमा एक घरमा एउटा दुईवटा होइन २७ वटा सर्प फेला परेको छ । गौरादह नगरपालिका वार्ड नं ५ चाप्रामारी कटकपुरका काशी शर्माको घरमा एउटा ठुलो सर्पसहित २७ वटा गोमन सर्प भेटिएको हो ।

धेरैजसो सर्पका बच्चा रहेका थिए । गोमन सर्प विषालु सर्पमा पर्दछ । एउटा सर्प मारेको र त्यसपछि राती अरू पनि सर्प भएको आँशकामा दुलो खन्दा बग्रेल्ती सर्प भेटिएपछि यो परिवारको होसहवास नै उडेको थियो । शर्माका छोरा सन्दीपका अनुसार अकल्पनीय रूपमा सर्पहरू भेटिएका छन् । उनका अनुसार रातको ११ बजे स्थानीयहरूको सहारामा सबै सर्पहरू मारेर गाडिएको छ । रातभर निन्द्रा नलागेको समेत यो परिवारले जनाएको छ । त्यो भन्दा अगाडि अर्को विषालु करेत सर्प पनि यो घरमा भेटिएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )