यसरी हुर्दैछ काँकडभिट्टा नाकाबाट सुपारी तस्करी

यसरी हुर्दैछ काँकडभिट्टा नाकाबाट सुपारी तस्करी

भद्रपुर । झापाको काँकडभिट्टास्थित मेची नदीमा बाढी उर्लंदो छ। हिउँदमा खोलाबाटै वारपार गर्न सकिने मेचीमा आपत परे हात समातेर मात्रै तर्न सकिन्छ। यस नदीमा गाडी तर्ने पुल नै बनिसकेकाले हात समातेर खोला तर्नुपर्ने बाध्यता छैन । तर, असार, साउनको बर्खे भेलमा समेत टाउकामा पोका बोकेर वारपार गरेको देख्न सकिन्छ।

भेल तर्नेमा महिला धेरै छन्। तिनीहरू कुनै आपत परेर अर्थात् जोखिम मोलेर नदी तरेका भने होइनन्। शरीरभरि सुपारी ‘फिटिङ’ गरेर र पोको पारेर नेपालबाट भारत तस्करीमा संलग्नहरूको समूह हो त्यो। काँकडभिट्टा क्षेत्रको मेची नदीनमा दैनिक देखिने यस्तो दृश्य यहाँका नागरिकका लागि सामान्य बन्दै गएको छ। बेलाबखत प्रहरी र वारिपारि गर्नेबीच लुकामारी चल्ने गर्छ। यसरी हिँड्नेलाई के गर्नुहुन्छ भनेर सोधे उनीहरू निर्धक्क भन्छन्, वारिपारि। उनीहरूको भाषामा वारिपारि भनेको सुपारी तस्करी हो।

यस क्षेत्रका स्थानीय महिलाको वारिपारि मुख्य पेसाजस्तै बनेको छ। प्रहरी र भन्सारको आँखा छल्दै सुपारी तस्कर गर्नु उनीहरूको मुख्य काम हो। ‘१२ वर्ष भयो ठ्याक्कै यसरी पोका बोकेर पारि लैजाने गरेको, जीवन नै यसैले धानेको छ,’ काँकडभिट्टास्थित भान्साखोलाकी पूmलमाया राजवंशीले भनिन्। उनका श्रीमान् भारतमा मजदुरी गर्छन्। उनकी छोरी र पूmलमायाको दैनिकी सुपारी र मटर भारततिरै ओसारेर बित्ने गर्छ। पूmलमायालाई आपूmले यो काम अँगालेकोमा कुनै पछुतो छैन। भन्छिन्, ‘सबै महिला यसै गर्छन्, बेला–बेला प्रहरीले खेदाउने हो, बोरा खोस्छ, बाँकी समय चलेकै छ। ’

यसरी सुपारी र मटर भारत तस्करी गर्ने उनीहरू भरिया मात्रै हुन्। उनीहरूलाई नेपाली र भारतीय व्यापारीले प्रयोग गर्छन्। व्यापारीले कुनै प्रहरीलाई नै सेटिङ गरेर आफूहरूलाई मटर र सुपारी तस्करीमा लगाउने गरेको ती महिला बताउँछन्। एउटा प्रहरीसँगको सेटिङ हुँदा र पारि जानेबेला चेकिङमा अर्कै प्रहरी पर्दा खोलाबाट वारिपारि गर्नुपरेको उनीहरू बताउँछन्। ‘साहुले एउटा पुलिससँग सेटिङ मिलाएको हुन्छ, नाकाबाट छिर्ने बेला अर्को पुलिसको ड्युटी सुरु हुन्छ, त्यस्तो बेला मेची खोला तरेरै भए पनि सामान लैजाने गरेका छौँ, बेलुकाको भात त पाक्नुपर्‍यो नि १’ पूmलमाया राजवंशीले भनिन्।

बेलामौका केही किलो सुपारी बरामद गरेर प्रहरीले सिमानाको काम देखाउने गरेको स्थानीयको आरोप छ। तस्करीमा बालबालिका प्रयोग हँुदासमेत प्रहरी र भन्सारले रोक्न नसकेको उनीहरू बताउँछन्। उक्त सामान पुर्‍याएबापत तस्करका नाइकेले प्रतिकेजी ६ देखि ७ भारतीय रुपैयाँ दिने गर्छन्। कछुवा, सर्पलगायत जीवजन्तु र तिनको विषदेखि सालकको खपेटा तथा दुर्लभ वनस्पतिसमेत यो नाकाबाट चोरी–पैठारी हुने गरेको प्रहरी तथ्यांक छ। पाँचऔँले, पाखनवेत, ठूलो ओखती, यार्सागुम्बालगायत हिमाली जडीबुटी पनि भारत तस्कर हुने गरेको प्रहरी बताउँछन्।

सुपारी, मटर, मरीचलगायत वस्तुमा भारतले उच्च कर निर्धारण गरिदिएका कारण ठूला साना तस्करीमा संलग्नहरूले नेपालको बाटो हुँदै भारत लैजाने गरेका हुन्। नेपाल ल्याउँदा कम कर लाग्ने र भारत लैजान खुला नाका तस्करीमा संलग्नले प्रयोग गर्ने गरेका छन्।

काँकडभिट्टास्थित मेची भन्सार प्रमुख भने खुलेआम यस्तो घटना हुँदासमेत अनभिज्ञता प्रकट गर्छन्। यस विषयमा बुझ्दा भन्सार प्रमुख टेकबहादुर अर्यालले त्यस्तो किसिमको तस्करी भएकोबारे आपूmलाई जानकारी नभएको बताए।

यस्ता पोका बोकेर खोला तार्ने तस्करीमा संलग्न काँकडभिट्टा क्षेत्रमै १ सय ५० हाराहारीमा दैनिक वारपार गर्छन्। मेची पुलमुनि रहेको भान्साखोला भन्ने बस्तीका अधिकांशको गरिखाने पेसा बनेको छ तस्करी। भान्साखोलाकै रियाना हस्दा भन्छिन्, ‘कति कुट्छ भारतको पुलिसले तर के गर्नु एउटा पोको खोला तार्न सक्दा राम्रै आम्दानी हात लाग्छ, जडीबुटी लैजान सकियो भने त धेरै राम्रो हुन्छ तर ज्यान पनि धरापमा पर्छ। ’ पोके तस्करी नेपालसँगै भारतका पनि उत्तिकै छन्। दुवैतिरको मिलेमतोमा तस्करी हुँदै आएको उनीहरू स्विकार्छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले तस्करीमा संलग्नलाई पक्राउ गरिएको बताए। उनले भने, ‘प्रहरी जनशक्ति कम छ, सीमा सुरक्षा सशस्त्रले पनि हेर्ने हो, हामीले त बेलामौका समाएकै छौँ। ’ अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )