स्टुडेन्टस  क्रिएटिभ फोर्ममा अबिशेक खतिवडा 

स्टुडेन्टस  क्रिएटिभ  फोर्ममा अबिशेक खतिवडा 

हल्दिबारी । हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन बिद्यालयमा किशोर किशोरीको क्षमता अभिवृद्धि गरी विभिन्न रचनात्मक कार्यक्रमको मार्फत किशोरीलाई नै नेतृत्व दिएर नेतृत्व गर्ने उद्देश्यले स्टुडेन्टस क्रिएटिभ फोर्म गठन भएको छ ।

रचनात्मक नेतृत्व गर्दे किशोर किशोरीलाई नकारात्मक बाटोमा हिड्न न दिएर सकारात्मक बाटोमा हिड्न प्ररित गर्ने उद्देश्यले गठन गरिएको यो फोर्मको यस बर्षको नेतृत्व हल्दिबारी गाउँपालिका ३ का अबिशेक खतिवडा ूअबिूलाई जिम्मा दिइएको छ ।
उपाध्यक्षमा जिज्ञासा तिमिल्सिना,सचीवमा धनबहादुर कार्की ,सहसचिवमा दिक्षा प्रधान,कोषाध्यक्षमा प्रमिला आचार्य र सदस्यहरुमा अस्मिता खतिवडा,सागर खेवा, अनु सुवेदी,दिपेश तिम्सिना,कुन्दन राजबशी,सुस्मिता बन र बिजय पण्डित रहेका छन ।

फोर्मलाई बिधालयले जस्तो किसिमको  सकारात्मक कार्यको लागि सहयोग गर्ने र यो फोर्मले धेरै राम्रो काम गर्ने बिस्वास राखेको बिधालय का प्राचार्य दुर्गा मणि गौतमले निर्मित कार्यसमितिलाई बिधालयको तर्फबाट मैखिक रुपमा बधाई तथा शुभकामना दिनु भएको थियो ।

खतिवडाले बाल क्लब, युबा सस्था, जलथल समुदाय प्रहरी साझेदारी, युबा तथा खेलकुद बिकास समिती हल्दिबारी ३, सरसफाइ अभियान र अन्य धेरै संघ सस्था मा रहेर काम गरिसक्नु भएको कार्यक्रम संचालक शिक्षक गणेश सुवेदीले बताउनु भयो। आउदो पिडिले सकारात्मक कार्य गर्दै सबै भएर सरसल्लाह ,सहकार्यका साथ अगाडि बढे समाज परिवर्तनमा केही टेवा पुग्ने निर्मित समितिका अध्यक्ष खतिवडाले बताउनु भयो। समिती पुर्णगठन गर्न शिक्षक परासर दाहालले विशेष भुमिका खेल्नु भएको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )