महिलाका लागि असामाजिक बन्दै सामाजिक सञ्जाल

महिलाका लागि असामाजिक बन्दै सामाजिक सञ्जाल

बिर्तामोड । सामाजिक सञ्जालको दुरुपयोगका कारण ८० प्रतिशत महिला पीडित बन्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा सवै भन्दा बढी महिला पीडित भएको खुलेको हो । आर्थिक वर्ष २०७२÷०७३ मा ३४ जना २०७४÷०७५ मा ८१ ज्ना र गत आर्थिक वर्ष २०७५ को साउनदेखि वैशाख महिनासम्ममा १ सय १८ वटा साइवर अपराधका मुद्धा दर्ता भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

अधिकंश पीडकहरुमा पूर्व पति पूर्व प्रेमी, साथी र एक पक्षीय रुपमा मनपराउन पुरुषहरु रहेको केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएकोा छ । महिलाहरुलाई अश्लिल भिडियो, अश्लिल तस्वीर,आपत्ति जनक कुराकानीको रेकर्ड सामाजिक सञ्जालमा राख्ने , इमेलमा पठाउने , मेसेन्जर मार्फत वार्गेनिङ गर्ने गरेको जनाइएको छ ।

सामाजिक सञ्जालको प्रयोग पछिल्लो तीन वर्षमा तीन गुणाले वढेको वताइएको छ। न्ेपालमा पछिल्लो समय सामाजिक सञ्जाल फेसवुक टुवीटर भाइवर, इमो लगायतको प्रयोग कर्ताको संख्या वढेको छ । यि साधनहरु प््रयोग गर्ने महिलाको संख्या पनि उच्च रहेको तथ्याङकमा उल्लेख गरिएको छ । सेयरकाष्ट इमिसिएटिभले गरेको मिडिया सर्वेक्षण २०१९ अनुसार नेपालमा ३३ प्रतिशत जनसंख्याले नियमित रुपमा इन्टरनेट प्रयोग गर्छ , जनसंख्याको तीस प्रतिशत महिलाले इन्टरनेट प्रयोग गर्ने गरेको जनाइएको छ ।

इन्टरनेट प्रायेग गर्ने नेपाली महिला मध्ये ८२ प्रतिशतले फेसवुक प्रयोग गर्ने गरेका छन् भने ४५ प्रतिशत महिलाले म्यासेन्जर प्रयोग गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ । सामाजिक सञ्जालहरु व्ैदेशिक रोजगारीमा गएकाm विदेशमा वस्ने आफन्त वस्नेहरुसंग सम्पर्कमा रहन प्रभावकारी सहयोगी वनेका छन् । तर यसको दुरुपयोगका कारण ठगी, वल्याकमेलिङ्ग, आत्महत्या र हत्या जस्ता अपराधहरु निम्त्याई रहेको केन्द्रले जनाएको छ ।

सामाजिक सञ्जाल महिलाका लागि असुरक्षाको सञ्जाल र असामाजिक वनिरहेको केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )