स्कुल बिभागमा कुनै बिवाद छैन – पूर्वप्रधानमन्त्री खनाल

स्कुल बिभागमा कुनै बिवाद छैन – पूर्वप्रधानमन्त्री खनाल

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपालका बरिष्ठ नेता झलनाथ खनालले मिडियामा आए जस्तो स्कुल बिभागको बारेमा कुनै बिवाद नभएको बताउनु भएको छ । गृह जिल्ला इलाम जाने क्रममा प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा खनालले स्कुल बिभागको जिम्मेवारी पार्टी चाँडै टुङग्याउने बताउनुभयो ।

नेकपाका बरिस्ठ नेता खनालले स्कुल बिभागका लागि नेकपाका ईश्वर पोखरेल,नारायण काजी र झलनाथ खनाल लगायत धेरै नेता योग्य रहेको बताउनु भयो । स्कुल बिभागका बारेमा भ्रममा नपर्न आग्रह समेत गर्नुभएको छ ।

नेता खनालले अब चाडै पाटी एकता टुङ्ग्याएर मन्त्री मन्डल हेरफेर बारे निर्णय गरिने बताउनु भयो । सरकाको कामलाई गति दिन मन्त्रीमण्डल हेरफेर अनिर्वाय रहेको बताउनु भएका खनालले को को मन्त्री परिवर्तन हुन्छन् भन्ने चै पार्टीको छलफले टुङ्ग्याउने बताउनु भयो ।

नेता खनालले तीन तहको सरकार बिकासको मार्गमा रहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )