झापाका युवाले जन्मदिनमा अक्षयकोषलाई गरे सहयोग 

झापाका युवाले जन्मदिनमा अक्षयकोषलाई गरे सहयोग 
युएई ।  जन्मदिनको अवसरमा झापाका एक युवाले असाहय बालबालिकाको सहयोगार्थ स्थापना हुने अक्षयकोषलाई आर्थिक सहयोग गरेका छन् । वैदेशिक रोजगारीको क्रममा हाल साउदी अरबमा कार्यरत झापा बुद्धशान्ति गाउँपालिकाका टीकाराम कट्टेलले अक्षयकोष स्थापनार्थ १५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
उक्त रकम जन्मदिने बुबा  शिवभक्त  र आमा विष्णुमाया कट्टेलको नाममा अक्षयकोषमा जम्मा हुने अक्षयकोष संकलन समितिका संयोजक पारश लामाले जानकारी दिए । उनले आफ्नो नामबाट समेत ५ हजार सहयोग गरेका छन् ।
जन्मदिनमा गरिने फजुल खर्चलाई सामाजीक काममा लगाउने सोचाइले उक्त सहयोग गरिएको कट्टेलले बताए । यस कार्यले अरुलाई समेत प्रेरणा मिल्ने उनले विश्वास जनाए ।उनले झापाली समाज युएईको सस्थापक केन्द्रिय सदस्य तथा  आबुधाबी क्षेत्रीय समितीका पुर्वउपाध्यक्षका जिम्मेवारीमा रहेर काम गरेका छन् ।
१५ वर्षसम्म युएईलाई कर्मथलो बनाएका कट्टेल  केहीमहिना अघिदेखि साउदी अरबमा रहेर रोजगारी गरिरहेका छन् । झापाली समाज युएईले असाहय बालबालिको शिक्षा, स्वास्थ्य लगायतमा सहयोग पुर्याउने उद्धेश्यले १० लाख रुपैयाँको अक्षयकोष स्थापना अभियान सुरु गरेको हो ।
प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES
TAGS

COMMENTS

Disqus (0 )