नेकपाले जबस र विशेष कमिटीका इन्चार्ज-अध्यक्ष तोक्यो (सूचीसहित)

नेकपाले जबस र विशेष कमिटीका इन्चार्ज-अध्यक्ष तोक्यो (सूचीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विशेष कमिटी, जनवर्गीय संगठन र प्रदेश सम्पर्क कमिटीका इन्चार्ज र सह-इन्चार्ज तथा अध्यक्ष र सचिवहरू तोकेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूर्णता दिएको हो ।

उपत्यका विशेष कमिटी इन्चार्ज लिलामणि पोखरेल, सह-इन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल तथा अध्यक्ष राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपाने तोकिएका छन् । युवा तथा विद्यार्थी विशेष जिल्ला कमिटीको इन्चार्ज माधव ढुंगेल, सह-इन्चार्ज कृष्ण केसी, अध्यक्ष रमेश मल्ल र सचिव सुनिता बराल भएका छन् ।

मजदुर विशेष जिल्ला कमिटीको इन्चार्ज विना श्रेष्ठ, सह-इन्चार्ज कुमार पौडेल, अध्यक्ष जगत सिंखडा र सचिव नरनाथ लुइँटेल तोकिएका छन् भने पेशागतको इन्चार्ज केशव नेपाल, सह-इन्चार्ज प्रमेख खनाल, अध्यक्ष प्रेम पराजुली र सचिव कृष्णराज केसी छन् ।

उद्योगी व्यवसायी विशेष कमिटीमा इन्चार्ज पार्वत गुरुङ, सह-इन्चार्ज शशी श्रेष्ठ र सचिव चन्द्र रिजाल छन् भने केन्द्रीय सम्पर्क समन्वय कमिटीको इन्चार्ज छविलाल विश्वकर्मा, सह-इन्चार्ज डिलाराम आचार्य, विजय गुरूङ र झक्कु सुवेदी छन् । अध्यक्ष प्रह्लाद बुढाथोकी र सचिव नरेन्द्र श्रेष्ठ छन् ।

बैठकले किसान संगठनको अध्यक्षको जिम्मेवारी हरि प्रसाद पराजुलीलाई दिने निर्णय गरेको छ । त्यस्तै स्कुल विभागको उपप्रमुखकf] जिम्मा बेदुराम भुसालले पाएका छन् ।

जनवर्गीय संगठनतर्फ ट्रेड युनियनको इन्चार्ज जयपुरी घर्ती र सह-इन्चार्ज विनोद श्रेष्ठ तथा किसानको इन्चार्ज बामदेव गौतम र सह-इन्चार्ज सुनिल मानन्धर तोकिएका छन् ।

महिलाको इन्चार्जमा गोमा देवकोटा र सह-इन्चार्जमा कमला रोक्का तथा युवाको इन्चार्जमा महेश बस्नेत र सह-इन्चार्जमा रामप्रसाद सापकोटा दिपशिखा छन् भने विद्यार्थीको इन्चार्ज हितमान शाक्य र सह-इन्चार्ज विनोद ढकाल हुँदा वुद्धिजिवीको इन्चार्जमा अग्निप्रसाद सापकोटा र सह-इन्चार्जमा टंक कार्की छन् ।

पेशागत महासंघको इन्चार्जमा पम्फा भुसाल र सह-इन्चार्जमा विश्वनाथ प्याकुरेल तोकिएका छन् ।

यस्तै प्रदेश १ को सम्पर्क कमिटीमा इन्चार्ज किशोर अधिकारी, सहइन्चार्ज हेमकुमार राई, अध्यक्ष इन्द्र भण्डारी र सचिव ध्रुवकुमार आङ्दाम्बे छन् । २ को इन्चार्जमा अच्युत मैनाली, सहइन्चार्ज भरत साह, अध्यक्ष सुनिता यादव र सचिव विल्टु यादव छन् ।

३ को इन्चार्जमा गणेश पहाडी, सहइन्चार्ज युवराज दुलाल, अध्यक्ष कमला दोङ, सचिवमा श्याम बस्नेत छन् । प्रदेश ४ को इन्चार्जमा दिलु पन्त, सहइन्चार्जमा चुडामणि खड्का, अध्यक्षमा तारा कुमाल र सचिव विष्णु सिक्देल छन् ।

प्रदेश ५ को इन्चार्जमा मानबहादुर बुढा, सहइन्चार्ज गौराप्रसाद कोइराला, अध्यक्ष थानेश्वर बश्याल र सचिव सुनिता रोकाय छन् ।

प्रदेश ६ को सम्पर्क कमिटीमा इन्चार्ज झकबहादुर मल्ल, सहइन्चार्ज गोविन्दविक्रम शाह, अध्यक्ष पूर्णबहादुर मल्ल र सचिव चित्रबहादुर घर्तीमगर छन् भने प्रदेश ७ को सम्पर्क कमिटीमा इन्चार्ज गौरीशंकर चौधरी, सहइन्चार्ज महेश्वर पाठक, अध्यक्ष शिव ठगुल्ला र सचिव मेहन्त जोशी छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )