झापा स्पोर्टस् अवार्ड असोज दोस्रो साता

झापा स्पोर्टस् अवार्ड असोज दोस्रो साता

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले ‘तेस्रो झापा स्पोर्टस् अवार्ड २०७५’ यही असोज दोस्रो साता गर्ने निर्णय गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको आज बिर्तामोडमा सम्पन्न पहिलो बैठकले अवार्डको निर्णय गरेको हो । अवार्डको संयोजकमा बुद्ध तामाङ र सहसंयोजकमा सचिन सुब्बालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

मञ्चले विगत दुई वर्षयता स्पोर्टस् अवार्ड गर्दै आएको छ । एनएसजेएफ झापाले गर्दै आएको अवार्ड कार्यक्रममा वर्ष खेलाडी (पुरुष)–लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला)–लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा)–लाई नगद २५ हजार, उत्कृष्ट वर्ष प्रशिक्षकलाई नगद २५ हजार, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गर्दै आएको अध्यक्ष खरेलले जानकारी दिए ।

मञ्चका अध्यक्ष खरेलको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न बैठकले सो जिम्मेवारी दिने निर्णय गरेको हो । समितिले पूर्णता पाएपछि आगामी बैठकमा अवार्डको मिति तय गरिने सचिव अर्जुन राजवंशीले बताए ।

बैठकले मञ्चको सल्लाहकारमा निवर्तमान अध्यक्ष रमेश समदर्शी, साधारण सदस्यहरु इन्द्रजीत मुखिया, तीर्थ सिग्देल, विशाल नेम्वाङ र कुमार भट्टराईलाई चयन गरेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )