भद्रपुरबाट फेरि साढे २ लाखको कपडा बरामद

भद्रपुरबाट फेरि साढे २ लाखको कपडा बरामद

भद्रपुर । झापामा कपडा तस्करी बढेपछि प्रहरीले सीमा क्षेत्रमा सक्रियता बढाएको छ । चाड पर्वलाई लक्षित गरी भन्सार छलेर धमाधम लत्ताकपडा तस्कर समूहले भित्राउन थालेको समाचार आएपछि प्रहरीले भद्रपुर सीमा क्षेत्रमा सक्रियता बढाएको हो । प्रहरीले सक्रियता बढाएसँगै भद्रपुर नाकाबाट भन्सार छलेका लत्ताकपडाको बरामद गर्न थालेका छन् ।

यसै क्रममा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका सादा पोसाकको प्रहरी टोलीले आइतबार राती २ लाख ५० हजार मूल्य बराबरको कपडा बरामद गरेको छ ।

भारतको सोनापिण्डी नाकाबाट भित्राइएको ८ पोका पर्दा सेटको कपडा भद्रपुर नगरपालिका ५ स्थित गणेश मन्दिर नाकाबाट प्रहरीले बरामद गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । बरामद गरिएको कपडा भद्रपुर भन्सार कार्यालय बुझाइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )