प्रशिद्ध यूवा ब्यबसायी गौतम गुप्ता अध्यक्षमा निर्बाचित

प्रशिद्ध यूवा ब्यबसायी गौतम गुप्ता अध्यक्षमा निर्बाचित

दमक । भदौ २७ गते भएको नेपाल औषधि ब्यबसायी संघ झापाको सम्पन्न निर्बाचनबाट दमकका प्रशिद्ध यूवा ब्यबसायी गौतम गुप्ता अध्यक्ष पदमा २८२ मत ल्याएर बिजयी बनेका छन् । उनका प्रतिद्धन्दी सुरेन्द्र प्रधानले १८२ मत ल्याएका थिए ।

२०५५ सालदेखि दमकस्थित महाबीर फार्मेसी संचालनमा ल्याएर औषधि ब्यबसायमा पाइला हालेका गौतम गुप्ता एकजना बरिष्ठ ब्यबसायी हुन ।

०५९ सालमा पहिलो पटक नेपाल औषधि ब्यबसायी संघ मेची शाखाको कार्यसमिति सदस्य पदमा चुनिएर त्यसपछि लगातार सो संघमा बिभिन्न पदमा कार्य गरेका गुप्ता ०६२ सालमा सोही समितिको उप कोषाध्यक्ष पदमा निर्बाचित भएका थिए ।

त्यसपछि ०६४ सालमा कोषाध्यक्ष, २०७० सालमा महासचिब, ०७३ सालदेखि उपाध्यक्ष पदमा रहेर कार्य गरेका थिए । उनी हालसम्म संघको केन्द्रिय थोक उप समितिको सदस्य छन्।

यसैगरी उपाध्यक्षमा २०३ मत ल्याइ प्रदीप खरेल, सचिबमा ससिम पोखरेल १७० मत ल्याइ बिजयी बने भने उप कोषाध्यक्षमा युबराज भट्ट २१७ मत ल्याएर बिजयी बने । सदस्यहरुमा लक्ष्मी पौडेल (३०१), सुरेश खतिबडा (२४४) र प्रल्हादराम ढुंगाना (१८१)मत ल्याएर बिजेता बनेका छन् ।

उपाध्यक्ष पदका प्रतिद्धन्दी गोबिन्दप्रसाद अधिकारीले १९७, सचिब पदका अनिल सुबेदीले १३८, बलराम खतिबडाले ९१, उप कोषाध्यक्ष पदका खेमराज खतिबडाले ९१ मत र पराजित सदस्य पदका उमेद्वारहरु गुरुप्रसाद राजबंशीले १६६ मत, यज्ञराज कार्कीले १३४ मत र बिक्रम राजबंशीले १३१ मत पाएका थिए ।

चुनाब हुनु अधि केही ब्यबसायी सर्बसहमत पनि भएका थिए । जस अनुसार महासचिबमा जिबनकुमार खड्का, कोषाध्यक्षमा बुद्धिशेखर बजगाई रहेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )