झापाकी दिलमाया छमछमीको ७ औँ स्थानमा , भोट गर्न अपिल

झापाकी दिलमाया छमछमीको ७ औँ स्थानमा , भोट गर्न अपिल

झापा । प्रदेश १ कि एक मात्र प्रतियोगीती झापा बुद्धशान्ति–४ की दिलमाया लिम्बु रियो छमछमी नृत्य प्रतियोगीताको टप ७ मा छनौट भएकी छिन् ।

प्रदेश एकबाट एकमात्र प्रतियोगिको रुपमा उनी टप ८ बाट टप ७ मा आएकि छिन् । गत कार्यक्रममा बटम थ्रि मा परेकी लिम्बुले यस पटक भने सबैमा भोट गर्न अपिल गरेकी छिन ।

दिलमाया जिताउँ अभियानकर्ता मित्र साँवा लिम्बुले दिलमाया प्रदेशकै गहना भएर प्रदेश एक बाट प्रतिनिधित्व गरेकाले सम्पुर्ण प्रदेश १ तथा सम्पुर्ण नेपलाी हरुले भोट गरेर जिताउन आग्रह गरेका छन् । । भदौ २८ गते शनिबार राती १० बजेबाट भोटिङ लाईन खुल्ला गरिएको र असोज २ गते बिहिबार दिउँसो १२ बजेसम्म भोटिङ गर्न सकिने प्रतिस्पर्धी लिम्बुले बताएकी छिन् ।

उनलाई भोट गर्नका लागि आफ्नो मोबाइलको मेसेश बक्समा गई CC टाइप गरि एक स्पेश छोडेर ०३ लेखि ३१००९ मा पठाउन सोरठी कला केन्द्रका संचालक तथा दिलमायाका दाजु ज्ञानु सुब्बाले सम्पुर्ण नेपाली माझ अनुरोध गरेका छन् । बुबा स्व। काजीमान लिम्बु र आमा सुभद्र लिम्बुकी छोरी मनिषा सानै उमेर देखि नृत्यमा रुची राख्थिन् । झापा नृत्य कलाकार संघको क्षेत्रिय कोषाध्यक्ष समेत रहेकी लिम्बु सोरठी कला केन्द्रकी नृत्यकार समेत हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )