६ हजार चालकलाई कारबाही

६ हजार चालकलाई कारबाही

हेटौंडा । ट्राफिक प्रहरी कार्यालय मकवानपुरले करिब ७ हजार चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा सुरक्षा जाँच गर्ने क्रममा चालक अनुमतिपत्रबिना नै सवारी चलाउने ६ हजार ६ सय ७७ लाई कारबाही गरिएको हो ।

सवारी चालक अनुमतिपत्र नपाएकाले सवारी चलाउनु ट्राफिक नियमविपरीत मात्र नभई बढ्दो सवारी दुर्घटना भएकाले उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरीको भनाइ छ । ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ मा सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने ४ हजार ९ जनालाई कारबाही गरिएको थियो । कारबाहीबाट २३ लाख ६८ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

आव २०७५/७६ मा २ हजार ५ सय २८ ले सवारी चालक अनुमतिपत्रबिना नै सवारी चलाएको ट्राफिक कार्यालयले जनाएको छ । कारबाहीबाट १८ लाख ४१ हजार रुपैयाँ उठेको छ । चालू आवको २०७६/७७ को २ महिनामा प्रहरीले १ सय ४० लाई सवारी चालक अनुमतिपत्रबिना सवारी चलाएको भन्दै कारबाही गरेको जनाइएको छ । कारबाही गर्दा १ लाख ४० हजार राजश्व सङ्कलन भइसकेको ट्राफिकले जनाएको छ ।

ट्राफिक कार्यालयका प्रहरी निरीक्षक हरिविष्णु ढकालले पछिल्लोसमय दुर्घटना बढेको हुँदा परिपक्व भएकाले मात्रै चलाऊन् भन्ने हेतुले चालक अनुमतिपत्र थप अनिवार्य गर्न जरिवाना रकम बढेको जानकारी दिनुभयो । गत वर्षसम्म प्रकृति हेरेर ५ सय देखि १ हजारसम्म जरिवाना गरिएको छ । चालु आवदेखि सवारी चालक अनुमतिपत्र नहुनेलाई ४ हजार जरिवानाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )