राजपा उपाध्यक्ष चाैधरीकाे निधन

राजपा उपाध्यक्ष चाैधरीकाे निधन

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय उपाध्यक्ष राजवंशी चौधरीको हार्टअट्याकका कारण शनिबार निधन भएको छ ।

शनिबार राजपा ललितपुर जिल्लाको अधिवेशन सिद्धार्थ कटेज ललितपुरमा चलिरहेका बेला रोष्टमा बोल्दा बोल्दै केन्द्रीय उपाध्यक्ष चौधरी हार्टअट्याकका कारण मञ्चमै ढलेका थिए ।

उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । तर, अस्पतालले चौधरीलाई दिउँसो करिब ३ बजे मृत घोषणा गरेको राजपा कार्यालयले जनाएको छ ।

केन्द्रीय उपाध्यक्ष चौधरीको निधन भएपछि ललितपुर राजपाको अधिवेशन स्थगित भएको छ ।  बारा जिल्ला निवासी चौधरीको अन्तिम दाहासंस्कार आज (आइतबार) उनकै गृहजिल्लामा हुने जनाइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )