पञ्चकन्या सोसाइटीको नेतृत्व चयन

पञ्चकन्या सोसाइटीको नेतृत्व चयन

बिर्तामोड । बिर्तामोड १मा रहेको पञ्चकन्या सोसाइटीको अध्यक्षमा पुनः तेजमणि प्रसाई चयन भएका छन् । संस्थाको चौथो बार्षिक साधारणसभाले प्रसाईंको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्ष थर्कमान भट्टराई, सचिब ओमनाथ उप्रेती, सहसचिव अग्निप्रसाद लामिछाने, कोषाध्यक्ष इन्दिरा भट्टराई आचार्य रहेका छन् । त्यसैगरी सदस्यहरुमा मातृका ढकाल, गोपालबहादुर बिश्वकर्मा, रोहितकुमार भट्टराई, जीवनकुमारी न्यौपाने, नरजङ्ग घले र कला बस्नेत रहेका छन् ।

पञ्चकन्या सोसाइटीका अध्यक्ष तेजमणि प्रसाईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रवक्ता एवम् वार्ड नं. १का वडाध्यक्ष अग्निप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष थर्कमान भट्टराईले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पाण्डेले पञ्चकन्या सोसाइटीले हालै तयार गरेको आचारसंहिता सबै टोल बिकास संस्थामा लागू गर्ने बताए ।

कार्यक्रममा बिर्तामोड खानेपानी संस्थानका अध्यक्ष जलकुमार गुरुङ्ग वडा परिषद् सदस्य एवम् मेलमिलाप केन्द्रका अध्यक्ष प्रेमकुमार खरेल, बिर्तामोड नगर प्याब्सनका अध्यक्ष एवम् सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडका अध्यक्ष उत्तम खनाल, देबी पञ्चकन्या सोसाइटी टोल बिकास संस्थाका अध्यक्ष रुपनारायण पाण्डे, आदर्शनगर टोलबिकास संस्थाका अध्यक्ष डम्बरबहादुर बस्नेतले शुभकामना दिएका थिए ।

सोही कार्यक्रममा श्रीमान् राई, मन्दिर व्यवस्थापन उपसमितिका अध्यक्ष हेमन्त प्रसाईं, उत्कृष्ट ब्लक नं. ८का संयोजक दीपा प्रसाईंलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिब ओमनाथ उप्रेतीले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )