‘दि भ्वाइस’को ‘ब्लाइन्ड अडिसन’ सकियो, कुन कोचको टिममा को–को परे ?

‘दि भ्वाइस’को ‘ब्लाइन्ड अडिसन’ सकियो, कुन कोचको टिममा को–को परे ?

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल–सिजन २’को ब्लाइन्ड अडिसन सकिएको छ । प्रसारण भएको १२ भागमा ‘ब्लाइन्ड अडिसन’ सकिएको हो । ‘ब्लाइन्ड अडिसन’बाट ‘दि भ्वाइस’का ४ जना कोचहरु दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र आस्था राउतले १६ जनालाई आफ्नो टिममा लिएका छन् ।

सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रुपमा काम गरिरहेका दीप श्रेष्ठको टिममा अंकित, डम्बर, धर्मा, कविराज, निर्मला, रजनी, राम, रमा, शिवा, आकांक्षा, विकास, विनय, पृथ्वी, सुमन, सुनिल र सुरज परेका छन् ।

त्यस्तै, मिठो स्वर र मिठो मुस्कानका धनी राजु लामाले पनि आफ्नो टीममा आशलाग्दा प्रतिभाहरु पाएका छन् । टिम राजुमा भने अनुशा, बैशाली, विजय, गीता, करण, कुमार, प्रेक्षा, रेवन, समीर, सनिश, संजय, शसिका, श्रवण, सम्झना, श्रृष्टि र अन्जु छनोट भएका छन् ।

चलचित्रको पाश्र्व गायनसँगै आधुनिक गीत गायनमा निकै व्यस्त प्रमोद खरेलले पनि मिठो बोलीले आफ्नो टिममा राम्रा प्रतिभाहरुलाई तान्न सफल भएका छन् । प्रमोदको टिममा जमिर, कमल, मधु, मेचु, प्रवेश, सैकिरण, सजन, सदिक्षा, शुसान्त, सुश्मा, बलबहादुर, विमोचना, विशाल, राजिव, सौगात र अमित छन् ।

गायिका आस्था राउतको टिममा भने आरिफ, झुप्री, कुमा, नविना, राजिव, रिता, सविना, सम्झना, सोनिया, सुरज, यान्की, अजेश, अनिश, जमुना, राहुल र श्रृखला छन् । ‘ब्लाइन्ड राउन्ड’पछि अब ब्याटल राउन्ड सुरु हुनेछ । यो राउन्डमा भने एकै टिमका दुई ट्यालेन्टले एक–अर्कासँग प्रतिष्पर्धा गर्नेछन् । ब्याटलबाट प्रत्येक कोचले आफ्नो टिममा ८ जना प्रतियोगी पाउनेछन् भने अर्को टिमबाट आउट भएको १ जनालाई स्टिल गरेर आफ्नो टिममा लिन सक्नेछन् । आगामी साताबाट ‘दि भ्वाइस’को ब्याटल राउन्ड प्रशारण हुनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )