सीटीईभीटीका कर्मचारी २ करोड लिएर फरार

सीटीईभीटीका कर्मचारी २ करोड लिएर फरार

जनकपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सीटीईभीटी)को चेकमा किर्ते हस्ताक्षर गरी रकम झिकेर फरार भएका कर्मचारी पक्राउ परेका छन् । चेकमा किर्ते हस्ताक्षर २ करोड रुपैयाँ झिकेर फरार भएका प्रवीणकुमार ठाकुर पक्राउ परेका हुन् ।

उनी परिषद् प्रदेश २ अन्तरगत संचालित बिपी मेमोरियल पोलिटेक्निकल इस्ष्टिच्युट लक्ष्मीनिया–४ सपही धनुषाको कार्यालयबाट विभिन्न मितिमा चेक चोरी किर्ते हस्तक्षरबाट रकम झिकेर फरार भएका थिए ।

ठाकुरले कार्यालयको चेक चोरेर प्रदेश कार्यालयका लेखापाल ब्रम्हदेव ठाकुर र इन्स्टिच्युटका लेखापाल सन्तोषकुमार यादवको किर्ते सही गरी विभिन्न मितिमा बैंकबाट रकम रकम झिकेको प्रहरीले जनाएको छ ।  घटना प्रहरीले थाहापाएपछि उनी फरार भएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )