हल्दिबारी–२ मा जनप्रतिनिधि नै असन्तुष्ट

बिर्तामोड । वडाध्यक्ष र सचिवको कामप्रति असन्तुष्टी जनाउँदै झापाको हल्दीवारी गाउँपालिका वडा नम्वर–२ का चार जना सदस्यले गाउँपालिका अध्यक्ष समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
वडा अध्यक्ष राजेन्द्र योङहाङले वडा कार्यालयमा लामो समयदेखि बैठक नराखेको, वर्षाको समयमा विग्रिएको सडक बनाउन गाउँपालिकाले वजेट दिए पनि आफुले काम नगरेको र सदस्यलाई काम गर्न नदिएको, लक्षित समुदायलाई छुट्याएको बजेट समेत उनीहरुलाई नदिएको, गाउँपालिकाले खरिद गरेर वितरणका लागि दिएका सामग्री पनि थन्क्याएर राखेको बताउँदै सदस्यहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
वडा नम्वर–२ का सदस्यहरु शुकलाल राजवंशी, शान्तादेवी गौतम, खकेन राजवंशी र सनमाया दुतराजले गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा सदस्यहरुले वडाध्यक्षले हैकमवाद लादेर एकलौटी व्यवहार गरेको आरोप लगाउदैं अध्यक्षको व्यवहार परिवर्तन नभएसम्म वडाको मेलमिलाप तथा समावेशी समिति, महिला समिति, युवा तथा खेलकुद र कृषि समितिमा रहेर काम गर्न नसक्ने सदस्यहरुले ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
ज्ञापन पत्रमा वर्तमान अवस्थाको विषयमा सहजीकरण गरिदिन वडासदस्यहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )