दुई विभागीय टोली पुलिस र एपीएफ क्लब भिड्दै

दुई विभागीय टोली पुलिस र एपीएफ क्लब भिड्दै

झापा, कात्तिक १९ । झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपीएफ आमनेसामने हुदैछन् । खेल दिउँसो २ : ३० बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ ।

चिरपरिचित यी दुई टोलीबीचको विजयी टोली सेमीफाइनलमा प्रवेश गर्नेछ । जारी प्रतियोगितामा एपीएफको यो पहिलो खेल हो । युवा खेलाडीले भरिएको पुलिसले भने झापा ११ लाई पन्छाउदै क्वार्टरफाइनलमा पुगेको थियो । प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताबाट आयोजक जायोन स्पोर्टस क्लब, झापा ११ र मोरङको बेलबारी एफसी बाहिरिसकेका छन् । अब मोलवे आसाम, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, झापा ११ एफसी, नेपाल पुलिस क्लब र गोर्खा ब्वाइज रुपन्देही र चर्च ब्वाईजले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपविजेताले ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदियमान खेलाडीले जनही १५ हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )