आर्मी र मोलवे आसाम भिड्दै

आर्मी र मोलवे आसाम भिड्दै

झापा, कात्तिक २० । झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा आज विभागीय टोली नेपाल आर्मी र भारत आसामको मोलवे एफसी आमनेसामने हुदैछन् । खेल दिउँसो २:३० बजेपछि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुँदैछ ।

यी दुई टोलीबीचको विजयी टोली सेमीफाइनलमा प्रवेश गर्नेछ । जारी प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो । १० टिमले सहभागिता जनाएको प्रतियोगितामा सिक्किम आक्रमण र नेपाल पुलिस क्लब सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । गोल्डकपको उत्कृष्ट खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदियमान खेलाडीले जनही १५ हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )