सहारा नेपाल २५ औ बर्षमा

सहारा नेपाल २५ औ बर्षमा

बिर्तामोड । सामाजिक रुपान्तरण र विकासका लागि क्रियाशील सामाजिक संस्था सहारा नेपालले आफ्नो स्थापनाको २५ औं बार्षिकोत्सवका अवसरमा बिशेष कार्यक्रम गरेको छ ।

झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल नामक गैर सरकारी संस्थाले स्थापनाको २५ औं दिबसको शन्दर्भ पारेर स्थानीय तहसँगको आफ्नो सहकार्यलाई अझ दिगो बनाएर लैजाने अवधारणा अगाडि सारेको छ ।

३६ जिल्लामा कार्यरत यो संस्थाले बिभिन्न मुलुकबाट आएका बिदेशी सहयोगी संस्थाका प्रतिनिधी, स्थानीय तहका प्रमुख र प्रशाशनीक क्षेत्रका ब्यक्तित्व सम्मिलत भब्य समारोहमा यस्तो अवधारणा राख्दै आगामी दिनमा संस्थालाई सरकारी निकायसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता प्रकट गरेको छ ।

बिर्तामोडमा आयोजित समारोहमा संस्थाको तर्फबाट संस्थाका अध्यक्ष भरत गिरी, सचिब महेन्द्रकुमार गिरी लगायतले संस्थाले लिएको नीतिका बारेमा प्रकाश पारेका थिए ।

सो कार्यक्रममा बिशेषगरि सहयोगी संस्था ह्याबीट्याट फर ह्युमानिटीका तर्फबाट आएका बिदेशी पाहूनाहरुको उपस्थिती रहेको थियो भने नगरपालिका र गाउँ पालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )