औधोगिक ब्यापार महोत्सवका लागि जुटे ब्यबसायीहरु

औधोगिक ब्यापार महोत्सवका लागि जुटे ब्यबसायीहरु

धुलाबारी । मेची उद्योग वाणिज्य संघको आयोजनामा झापाको धुलाबारीमा हुन लागेको अन्तराष्ट्रियस्तरको औधोगिक ब्यापार महोत्सव सम्पन्न गर्नका लागि ब्यबसायीहरु जुटेका छन् ।

आगामी पुष ९ गतेदेखी १७ गतेसम्म तेस्रो अन्तराष्ट्रिय औधोगिक ब्यापार, कृषि तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको यहाँ आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महोत्सवका बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा मेची उद्योग वाणिज्यका अध्यक्ष ऋषिराज तिम्सिनाले यस क्षेत्रको ब्यापार प्रबद्र्धन तथा अन्तराष्ट्रिय उत्पादन स्थानीयस्तरमा नै उपलब्ध गराउन महोत्सव आयोजना गरिएको बताए ।

उनले महोत्सवमा नेपाल सहित भारत, भुटान, पाकिस्तान र बंगलादेशका उत्पादनहरु रहने जनाए।

महोत्सबमा १६० वटा स्टलहरु रहने महोत्सव १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव सञ्चालनका लागि ६० लाख रकम खर्च हुने र महोत्सवबाट ८० लाख सकलन र करिब ५ करोडको कारोबार हुने अपेक्षा गरिएको आयोजक संस्थाका महासचिब ध्रुब कनालले जानकारी दिए ।

महोत्सव सम्पन्न गर्नका लागि बिभिन्न १३ वटा उपसमितिहरु निर्माण गरिएको र स्थानीय उत्पादनलाई स्टल शुल्कमा बिषेश छुटको ब्यवस्था समेत गरिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक सन्दिप ओलीले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )