कृषी अनुदानको ट्याक्टरले ढुङ्गा तस्करी

कृषी अनुदानको ट्याक्टरले ढुङ्गा तस्करी

शम्भु दाहाल
झापा । चार बुँदे सहमतीसँगै सुल्झीएको मेचीखोलाको ढुङ्गा उत्खनन् बिवाद सहमती भएको ४ घण्टा बित्न नपाउँदै मेचिनगरपालिकाले उल्ङघन गरेको छ । गत सोमबार इलाम र झापाका सरोकारवाला व्यक्ति सहितको सर्वपक्षीय छलफल पछि रोङ गाउँपालिका र मेचिनगरपालिकाले चारबुँदे सहमतिमा हस्ताक्षर गरेका थियो ।

सहमतिको एक नम्बर बुँदामा सिद्धि र मेची नदी चुरे बफर जोन क्षेत्रको नदीजन्य पदार्थ निषेधित क्षेत्र भएको हुँदा सो क्षेत्रका ढुङ्गा, गिट्टी र बालुवा उत्खनन कार्यलाई तत्काल बन्द गर्ने र यस क्षेत्रमा सवारी ढुवानीका साधनहरू ट्रक, ट्रयाक्टर र टिपर प्रवेशमा रोक लगाउने सहमतीमा भएको थियो ।

सोमबार बेलुका साढे ६ बजे सर्वपक्षीय सहमतिपछि चार बुँदे सहमति गरेरको ४ घण्टा बित्न नपाउँदै मेची खोलाबाट अबैध उत्खनन् गरि मेचिनगरपालिका ३ तिरिङमा स्टक गरि राखिएको नेत्र सुब्बाको स्टकबाट ट्रिपरले ढुङ्गा उठाएको छ । त्यसलाई मेचिनगरपालिकाले बैधानिकताको बिल दिइएको छ ।

सहमती उल्ङघन गरि बिर्तामोड तर्फ ढुङ्गा ल्याउने ना ७ ख ६६२५ नम्बर टिपर धुलाबारी चोकबाट र को १ ख ४३९४ नम्बरको टिपर इँटाभट्टा चोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै टिपरले चुरे क्षेत्रबाटै ढुङ्गा लोड गरी ल्याएको चालकलाई सोधपुछ गर्दा खुलेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए । चालकसँग मेचीनगरले ठेक्का लगाएको विनीता श्री ट्रेड एन्ड सप्लायर्स प्रालि इटहरी रसिद थियो । उक्त रसिदमा ढुंगा २६५ क्यु फिटको कर बापत एक हजार ७९६ रुपैयाँ लिएको देखिन्छ ।

बर्षौबाट हुने मेची खोलामा दोहनमा झापाका जनप्रतिनिधि र प्रशासनले चुरे क्षेत्रबाट हुने गरेको अवैध ढुंगा उत्खननमा चासो नदेखाएपछि रोङ गाउँपालिकाका स्थानीय चुरे क्षेत्र बचाउ अभियानमा उत्रिएको संघर्ष सिमितिका अध्यक्ष निर्मल तामाङले बताए । मेची खोला उत्खनन् नरोकिएको भन्दै संर्घष समितिले झापातर्फ जाने सिँचाइको नहर नै बन्द गरिदिएका थिए ।

चुरे संरक्षणका लागि भन्दै रोङ गाउँपालिकाले प्रतिबन्ध लगाएको खोलामा पनि झापाको मेचीनगर तिरिङ्ग क्षेत्रका ट्याक्टर व्यवसायिले ढुंगा तथा बालुवा तस्करी गरेकोले गाउँ र सिद्धि नहरनै भत्कने खतारा बढेकाले यस्तो गर्न बाध्यभएको तामाङ्गले बताए । अति सम्बेदनशिल रहेको चुरे क्षेत्रबाट दैनिक सयांै गाडी ढुङ्गा तस्करी हुँदा रोङ गाउँपालिकाको वर्डा नम्बर ६ को बस्ती नै जोखिममा परेको रोङ ६ का वडा अध्यक्ष मनिकुमार स्याङबोले बताए । नहर बन्द गरेपछि मेचीनगर वडा नम्बर १, २, ३ र ४ का कृषक नौ दिन पानीबाट बञ्चित हुनु पर्यो । सिद्धि नहरको पानीले मेचीनगरको १७ सय हेक्टर जमिनमा सिँचाइ हुँदै आएको छ ।

चारबुँदे सहमतिपछि मंगलबार बिहानदेखि नहर खोलिदिएको रोङ–६ का वडाध्यक्ष सुभाष तामाङले जानकारी दिए । सिद्धि नहरको पानी मेचीनगरको तिरिङ र बाहुनडाँगी क्षेत्रमा आउँछ । नहरकै पानी त्यहाँका कृषकले खेतबारीमा प्रयोग गर्छन् । नहर बन्दा हुँदा नौ दिनसम्म त्यहाँ कृषक समस्यामा परेका थिए ।

सरकारले ७० करोड बढी लगानीमा सिद्धि नहर सञ्चालनमा ल्याएको हो । आइइई गरेको स्थानमा बोर्ड नै छैन मेचीनगर नगरपालिकाले आइइई गरेको क्षेत्रमा बोर्ड नलाउँदा चुरे क्षेत्र नभई हडिया, निन्दा, मेची, टिमाई, बिरिङ्ग नदीमा जथाभावी उत्खनन् भइरहेको पाइएको छ । ठेकेदारले केही जनप्रतिनिधि र स्थानीय प्रहरीको आडमा ती खोलाको निरन्तर दोहन गरिरहेको स्थानियले बताए ।

खोलाहरूको दोहन भइरहँदा समेत अनुगमन समितिले त्यसतर्फ चासो देखाएको छैन । गतवर्ष नदीजन्य पदार्थ जिल्ला अनुगमन समिति झापाले मेचीनगरमा अनुगमन गर्दा पनि नगरपालिकाले आइइई गरेको क्षेत्रबाहेकका क्षेत्रबाट पनि ठेकेदारले जथाभावी उत्खनन गरिरहेको पाइएको थियो ।

यस वर्ष पनि ठेकेदारले आइइई क्षेत्रबाहेक पनि नदीका सीमाहरू विभिन्न व्यक्तिलाई बेचेर रकम असुल्दै आएको छ ।
आइइई क्षेत्र तोकेको स्थानमा सबैले देख्ने गरी बोर्ड राख्न मेचीनगर नगरपालिकालाई जानकारी गराइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टा प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

उनले भने, ‘नियन्त्रण गर्ने प्रहरीलाई नै थाहा छैन । कुन क्षेत्र आइइई गरेको हो । कुन क्षेत्र होइन ।’ ‘बोर्डसहित आइइईको गरेको प्रतिवेदन मेचीनगरका प्रमुख विमल आचार्यसँग पेश गरेका छौं’, उनले भने, ‘मेचीनगरले नदीजन्य पदार्थको परिणाम खुल्ने गरी बोर्ड राखेपछि नदी दोहन आफैँ नियन्त्रण हुन्छ । यसका लागि प्रहरी लागि परेको छ ।’ उनले चुरे क्षेत्रको दोहन रोक्न तिरिङ प्रहरी चौकीका इन्चार्जलाई खटाइसकेको बताए ।

के छ चार बुँदे सहमतीमा ?
सहमतिमा सिद्धि र मेची नदी चुरे बफर जोन क्षेत्रको नदीजन्य पदार्थ निषेधित क्षेत्र भएको हुँदा सो क्षेत्रका ढुंगा, गिट्टी र बालुवा उत्खनन कार्यलाई तत्काल बन्द गर्ने र यस क्षेत्रमा सवारी ढुवानीका सवारी साधनहरू ट्रक, ट्रयाक्टर र टिपर प्रवेशमा रोक लगाइएको छ ।

साथै‚ सो क्षेत्रमा त्यस्ता सवारी साधन प्रवेश गरेको भेटिएमा दुवै स्थानीय सरकारले कानुनी कारबाहीका लागि स्थानीय प्रशासनमा लेखेर पठाउने र सो क्षेत्रका स्थानीयले घरयासी प्रयोजनका लागि सवारी साधन नदीमा लगेको खण्डमा स्थानीय सरकारबाट अनुमतिपत्र अनिवार्य ल्याउने प्रावधान छ ।

सिद्धि नहरको बन्द रहेको पानी मंगलबारदेखि सञ्चालन गर्ने, चुरे बफर जोन क्षेत्रमा उत्खनन भएको नदीजन्य पदार्थलाई जिल्ला अनुगमन समितिको निर्णयअनुसार नियन्त्रण लिई कानुन बमोजिम प्रक्रिया अघि बढाउने र चुरे क्षेत्रलगायत आइइई नभएका क्षेत्रहरूलाई दुवै पालिकाहरूले उत्खनन नगर्नेरनगराउने प्रतिवद्धता हुँदै सार्वजनिक सूचना दुवै पालिकाले जारी गर्ने निर्णय भएको जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए ।

सर्वपक्षीय बैठकमा समन्वय समिति झापाका अध्यक्ष पोर्तेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा प्रदेश सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राई, मेचीनगर उपप्रमुख मीना उप्रेती, समन्वय समिति इलामका उपाध्यक्ष चित्रकला बराइली, सदस्य चन्द्र मगर, झापाका सदस्य गंगा कार्की, झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौला, रोङ–६ नम्बर वडाध्यक्ष सुभाष तामाङ, मेचीनगर–१ का वडाध्यक्ष पासाङ तामाङ, संघर्ष समितिका संयोजक निर्मल स्याङबो (तामाङ) लगायत सिद्धि नहरका उपभोक्ता, पत्रकार, सुरक्षाकर्मीलगायतको उपस्थिति थियो ।

मेचीनगरपालिका किन चुप ?

मेची खोलाबाट ढुङ्गा तस्करी गरि मेची नगरपालिकाको तिरिङ्ग खोलामा लाखाँै घन मिटर ढुङ्गा राखिएको छ । सम्बन्धित स्थानिय तहले प्रमाणि गरेको घाड्गदमा बाहेका अन्य नदिजन्य बस्तु राख्न पाइदैन् ।

गत असारबाट नै यो बिषमा समाचार प्रसारण हुँदै आए पनि अहिलेसम्म मेचि नगरपालिकाले चासो देखाएको छैन् । मेची नगरपालिकाकाका बन वातावरण तथा प्राकृतीक स्रोत संयोजक तथा कार्यापालिका सदस्य टिकाराम मग्रातीलाई यो कुरा सोध्दा अब १ महिमाना यो अवैध घाड्गद हटाइने बताए ।

तर आठ महिना अघिबाट अहिलेसम्म नगरपालिका के हेरेर बसेको छ स्थानियले प्रश्न गर्छन् । नजिकै रहेका तिरिङ्ग प्रहरी चौकीको आँगनबाट बाटो छ त्यहीबाटो ढुङ्गा बोकेका तस्करका गाडी कुद्छन् तर किन प्रहरी नदेझै गर्छ संघर्ष सिमतीका अध्यक्षले प्रश्न गरे ।

घरै पिछे ट्याक्टर
मेची नगरपालिको तिरिङ्ग क्षेत्र अधिकांश भरमा ट्याक्टर छन् । यो ट्याक्टर स्थानियले कृषी प्रयोजनको लागि भनेर किनेको भए पनि ढुङ्गा गिट्टी तस्करीमा प्रयोग गर्दै आएका छन् ।

सरकारले अन्य गाडीमा २ सय १३ प्रतिशतसम्म कर लिने गरेको भए पनि कृषी प्रयोजनको लागि कृषकलाई सहुलियत होस भनेर ट्याक्टर १ प्रतिशतमात्र कर लिने गरेको छ । तर, यसरी भित्रिएका अधिकांश ट्याक्टर ढुङ्गा गिटी, बालुवा ओसार पसारमा प्रयोग हुने गरेका छन् ।

मेची यातायात कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलसँग यस बिषयमा बुझदा यातायात कार्यालय र ट्राफिक प्रहरी मिलेर नै यसको नियमन गर्नु पर्ने बताए । जनशक्ति अभावमा सबैकाम गर्न नसकेको र यो बिषयमा तत्काल मथिल्लो नियकायमा छलफन गर्ने उनले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )