नरबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा प्राबिधिक तालिम

नरबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा प्राबिधिक तालिम

बिर्तामोड । कम्युनिष्ट पार्टीका एकजना संस्थापक नरबहादुर कर्माचार्यको स्मृतिमा स्थापित नरबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा बिभिन्न बिषयमा प्राबिधिक तालिम सुरु भएको छ ।

झापाको बिर्तामोडमा स्थापना भएको प्रतिष्ठानको स्थापनाको अबसर पारेर हाललाई ब्यूटिसियन र कम्प्युटर अपरेटर र हार्डवेयर बिषयको तालिम संचालन गरिएको प्रतिष्ठानका कोषाध्यक्ष प्रकाश भट्टराईले जानकारी दिए । सो तालिमको उद्घाटनसँगै प्रतिष्ठानले औपचारिक रुपमा आफ्नो कार्य आरम्भ गरेको छ ।

एक समारोहबीच बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिबाकोटीले सो तालिमको  सुभारम्भ गरेका थिए । प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामीको अध्यक्षतामा भएको तालिम उद्घाटनका अवसरमा प्रमुख अतिथि शिबाकोटी, बिष्णुप्रसाद उप्रेती र सचिब जयप्रसाद भट्टराईले मन्तब्य राखेका थिए ।

प्रतिष्ठानले निकट भबिस्यमै ग्रमीण पशु स्वास्थ्य कार्यकर्ता, बाख्रापालन, मौरी पालन, बेमौसमी सब्जी खेती , टेलरिंग लगायतका तालिम संचालन गर्न लागेको अध्यक्ष दर्लामीले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )