पार्टीको एउटा एउटा निर्देशन मानेर सरकार चल्दैन- उपप्रधानमन्त्री पोखरेल

पार्टीको एउटा एउटा निर्देशन मानेर सरकार चल्दैन- उपप्रधानमन्त्री पोखरेल

इटहरी । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीले सरकार संचालन गर्ने नभएको बताएका छन् ।

प्रेस संगठन नेपालको प्रदेश नम्बर १ का पदाधिकारी तथा सदस्यको सफथ ग्रहण समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखलले पार्टीले सरकार संचालन विषयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै आलोचना गरे । उनले भने, पार्टीले प्रधानमन्त्री नियुक्त गरेपछि सुविदाजनक ढंगले सरकार निर्माण गर्ने हो ।

नेकपा स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पोखरेलले पार्टी निर्देशन मान्ने भनेको पार्टी नीति मान्ने बताए । उनले सरकारले पार्टीको घोषणापत्र कार्यान्वयन गर्ने हो भने । उनले भने, सरकारमा गएका प्रधानमन्त्री र मन्त्रीले एउटा एउटा डिक्टेशन (निर्देशन) मानेर सरकार चल्दैन ।

पार्टीलाई मान्नु भनेको पार्टीका घोषित नीतिलाई मान्नु हो, पार्टी अघि सारेका कार्यक्रमलाई कार्यान्वयन गर्नु हो । मन्त्री पोखरेलले भने, तर, एउटा एउटा कुरामा यो भएन, त्यो भएन भनेर सरकारको कुरा गर्यौ भने सरकार चल्न सक्तैन ।

पार्टीले सरकार चलउनु पर्छ भन्ने सन्दर्भमा मन्त्री पोखरेलले २०४८ सालमा निर्वाचन पछिको प्रशंक ल्याए । त्यस बेला तत्कालिन एमालेले ६९ जना सांसदलाई सिरक, ढसना, पलङसम्म उपलब्ध गरायो । तर, त्यसबेला कसैलाई पलङ सानो, कसैलाई सिरक छोटो भएको भन्दै पार्टीले सरकार चलाउन निर्देशन दिने कुरा व्यवहारिक नहुने बताए ।

मन्त्री पोखरेलले सरकार अलग चिज हो भन्ने नबुझ्ने हो भने भद्रगोल हुने बताए । उनले दैनिक प्रसाशनिक काममा हस्तक्षेप गरेर सरकार चल्न नसक्ने बताए । सरकारको बचाउमा मन्त्री पोखरेल निकै कडा ढंगले प्रस्तुत भएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )