मदन ढकाल स्मृति पत्रकारिता पुरस्कारबाट चार पत्रकारसहित ७ जना पुरस्कृत

मदन ढकाल स्मृति पत्रकारिता पुरस्कारबाट चार पत्रकारसहित ७ जना पुरस्कृत

 झापा । झापाको बिर्तामोडबाट प्रकाशित हुने पूर्वाञ्चल दैनिक पत्रिकाले आफ्नो रजत महोत्सवको अवसरमा पाँच अग्रज पत्रकारसहित सात जनालाई पुरस्कृत गरिएको छ। बिर्तामोडस्थित अतिथि सदनमा आइतबार आयोजित पत्रिकाको रजत महोत्सवमा मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट झापाका अग्रज पत्रकार तथा साहित्यकार नकुल काजी, चन्द्र भण्डारी र २०७६ बाट पत्रकार चिन्तामणि दाहाल र लीला बराललाई पुरस्कृत गरेका हुन्।

उनीहरूलाई प्रदेश नम्बर १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले नगद १५ हजारसहित सम्मानपत्रले पुरस्कृत गरेका हुन्। त्यस्तै पत्रिकाले उत्कृष्ट पत्रकारको सम्मान डेस्क सम्पादक लक्ष्मण ढकाल र उत्कृष्ट व्यवस्थापकमा चन्द्रकान्त ढकाल, उत्कृष्ट स्तम्भकारमा विष्णुप्रसाद खरेललाई नगद ११ हजारसहित सम्मानपत्रले पुरस्कृत गरेका हुन्। पत्रिकाले सोही समारोहमा पत्रिकामा आबद्ध कर्मचारी र पूर्व कर्मचारीसहित पत्रकारलाई समेत सम्मानपत्रले सम्मान गरेका थिए।

यता पत्रिकाले रजत महोत्सवको सन्दर्भमा पत्रकारिताका विविध पक्ष समेटेर प्रकाशित ‘पूर्वाञ्चल विशेषांक’ को लोकार्पण समेत गरेका थिए। साथै व्यङ्ग्यचित्रकार प्राज्ञ पवन राजवंशीको व्यङ्ग्यचित्र र फोटो पत्रकार विनोद पाण्डेको फोटो प्रदर्शनी समेतको आयोजना गरिएको थियो। पत्रिकाका अध्यक्ष टोरुप प्रसाईँको अध्यक्षता तथा प्रदेश प्रमुख प्यासीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पत्रिकाका प्रकाशक भरतलाल गिरीले श्रीअन्तु प्रकाशन प्राविद्वारा २०५२ सालबाट प्रकाशन सुरु भएको पूर्वाञ्चल दैनिक २४ पूरा भई २५ वर्ष प्रवेश गरेको अवगत गराउँदै पत्रिकाको विगतका बारेमा प्रस्ट्याएका थिए।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )