पूर्व मन्त्री बाँस्कोटामाथि विप्लवको १० आरोप

पूर्व मन्त्री बाँस्कोटामाथि विप्लवको १० आरोप

काठमाडौं । पूर्व मन्त्री गोकुल बाँस्कोटामाथि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घूससहित १० आरोप लगाएको छ । सञ्चार तथा सूचना प्रविधि पूर्व मन्त्री बाँस्कोटाको जडिबुढीस्थित घरमा बुधबार बिहान कुकर बम बिस्फोट भएको थियो । बम बिस्फोटको जिम्मा विप्लव समूहले लिसकेको छ ।

विप्लव समूहले २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रुपैयाँ भ्रष्टाचार भएको र त्यसमा पूर्व मन्त्री बाँस्कोटा संलग्न रहेको आरोप लगाएको छ ।  पूर्व मन्त्री बाँस्कोटामाथि १९ अर्बको फोर जी सेवा विस्तारमा भएको करोडौँ रुपैयाँ दुरुपयोग, १० अर्बको अप्टिकल फाइबर विस्तारमा भएको अनियमिततामा समेत संलग्न भएको आरोप समेत लगाएको छ ।

मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ रुपैयाँ हिनामिना भएको र त्यसमा पूर्व मन्त्री बाँस्कोटाको संलग्नता रहेको विप्लवको आरोप छ । विप्लव समूहले बिस्फोट लगत्तै बुधबार विज्ञप्ति जारी गरी पूर्व मन्त्री बाँस्कोटा देशभरका ठूला परियोजनामा भएको घोटालामा समेत संलग्गन रहेको उल्लेख गरेको छ ।

सरकारले गत वर्ष फागुनमा विप्लव समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )